🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वैज्ञानिक भन्छन्– सर्वत्र भेटिन थाल्यो माइक्रोप्लाष्टिक 

न्युयोर्क।मानिसहरूले महासागरदेखि हिमालसम्म प्लास्टिकका साना टुक्रा छोडेका वैज्ञानिकहरूले बताएका छन् । जीवाश्म इन्धन प्रयोग गरेर हरेक वर्ष लाखौं टन प्लास्टिक बनाइन्छ र त्यसपछि उक्त प्लास्टिक वातावरणमा पुग्छ र साना कणहरूमा फुट्छ, जसले समुद्री जीवन र खाद्य श्रृंखलालाई असर गरेकाे छ ।

विज्ञहरुका अनुसार हामीले माइक्रोप्लास्टिकलाई यसको असरबारे चासो नदिई शरीरभित्र लग्छौँ ।  प्लास्टिकको प्रदूषण आजकल धेरै सामान्य भएको छ । वातावरणीय परोपकारी संस्था डब्लुडब्लुएफले सार्वजनिक गरेको एउटा विश्लेषणअनुसार औसतमा मानिसले हप्तामा ५ ग्रामसम्म प्लास्टिक उपभोग गर्ने र सास फेर्ने एएफपीले जनाएको छ । 

प्लास्टिक शरीरमा हुने गरेको वैज्ञानिकहरुले हालै पत्ता लगाएका थिए । मानिसले धेरै वर्षदेखि खाना, पिउने र सास फेर्न प्लास्टिकको सेवन गरिरहेको हुन सक्ने बताइन्छ । सन् २०१९ मा ४६० मिलियन प्लास्टिक खपत भएको थियो, जुन २० वर्षअघिको तुलनामा दोब्बर हो र त्यसको १० प्रतिशत मात्रै रिसाइकल भएको थियो । 

संयुक्त राष्ट्रसंघले विश्वव्यापी प्लास्टिक संकटलाई सम्बोधन गर्न कानुनी रूपमा बाध्यकारी सम्झौता गर्ने प्रक्रिया सुरु गरेको छ । समाचार संस्था एएफपीसँगको कुराकानीमा फ्रान्सको माइक्रोबियल ओसोनोेग्राफीको प्रयोगशालाका अनुसन्धानकर्ता जीन–फ्रान्कोइस घिग्लिओनले भन्छन्, ‘नांगो आँखाले नदेखिने यति धेरै साना माइक्रोप्लास्टिकहरू हुन सक्छन् भन्ने हामीले १० वर्षअघि कल्पना पनि गरेका थिएनौँ । तिनीहरू जताततै हाम्रा वरपर छन् ।’

वैज्ञानिकहरुले फोक्सो, स्पिन, मिर्गौला र प्लेसेन्टा जस्ता मानव अंगहरुमा पनि माइक्रोप्लास्टिक फेला पारेको उनी बताउँछन् । बेलायतको हल योर्क मेडिकल स्कूलकी लौरा साडोफस्कीले एएफपीसँगको कुराकानीमा आफ्नो टोलीले फोक्सोको तन्तुमा पोलिप्रोपाइलिन र (पीईटी) फेला पारेको बताइन् ।  

माइक्रोप्लास्टिकहरू मानव स्वास्थ्य र निश्चित सिन्ड्रोमहरूको लागि जिम्मेवार रहेको एउटा परिकल्पनामा दर्शाइएको छ । बेलायतको हल योर्क मेडिकल स्कूलकी लौरा साडोफस्कीले केही समयअघि एएफपीसँगको कुराकानीमा आफ्नो  टोलीले फोक्सोको तन्तुमा पोलिप्रोपाइलिन र पीईटी (पोलिथिन टेरेफ्थालेट) फेला पारेको र फोक्सोमा कणहरूको आकार देखेर स्तब्ध भएको बताएकी थिइन् ।