🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रु १० लाख फिरौती माग्ने युवक पक्राउ

महेन्द्रनगर धनुषा, १२ पुस । मधेस प्रदेश प्रहरीले रु १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेको छ । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग रु १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान अधिकृत उमाशङ्कर साहले बताउनुभयो । निरीक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहसँग रु १० लाख मागेको नदिए ज्यान मार्ने धम्की दिँदै आएको थियो ।

मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएकोे र थप अनुसन्धानका लागि मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको हो । 
–––
रासस