🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पशुपतिको अर्बौंको बालुवा खेतीमा अनेक प्रपञ्च

काठमाडौं । पशुपति विकास कोषका सदस्यसचिव मिलन कुमार थापा र कोषाध्यक्ष नारायण सुवेदीको सम्बन्धमा सुधार हुन नसकेको खबर छ । आर्थिक मुद्दाको विषयमा उनीहरुवीच सुरुदेखि नै कुरा मिलेको थिएन । उनीहरु दुईजनाको कुरा नमिलेकै कारण कोषका आर्थिक निर्णयहरु हुन सकेको छैनन् । कोषभित्र लगाउनुपर्ने केही ठेक्कामा सदस्यसचिव थापाले धेरै चासो राख्ने र आफ्नो मान्छेलाई दिलाउन खोज्दा कोषाध्यक्ष सुवेदी बाधक बनेका थिए । जाँदाजाँदै पर्यटन मन्त्री जीवनराम श्रेष्ठले कर्मचारी भर्ति र केही आर्थिक निर्णय गर्न खोजेका थिए । त्यसमा कोषाध्यक्ष सुवेदी सकारात्मक भए पनि सदस्यसचिव थापा भने बाधक बनेको कोष कर्मचारीहरु बताउँछन् । 

 त्यसो त सुवेदी पनि सदस्यसचिव थापासँग मिलेर काम गर्ने र कमिशन खाने सोचमै भए पनि थापाले एकलौटी गरेपछि विवाद भएको चर्चा पनि हुने गरेको छ । कोषको क्षेत्राधिकारमा रहेको अर्बौंको बालुवाखानी सञ्चालन गर्ने विषयदेखि करारमा कर्मचारी नियुक्तिसम्मका विषयमा उनीहरुवीच विवाद रहेको कोष स्रोतको भनाइ छ । 

स्रोतका अनुसार, २ अर्ब रुपैयाँ बराबरको त्यो बालुवा प्रकरण केही बर्षदेखि विवादमा रहेको छ । पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पनि यो निर्णय लिन खोजेका थिए । यसभन्दा अघि पर्यटन मन्त्री योगेश भट्टराई र भानुभक्त ढकालले पनि प्रयास गरेका थिए । एमाले अध्यक्ष केपी ओलीनिकट मानिएका व्यवसायी वालकृष्ण सिवाकोटीको डिजाइनमा उनीनिकटका दुई व्यक्तिले वालुवाखानी कब्जा गरेको चर्चा रहेको छ । 

उनै सिवाकोटीको दबाब र प्रयासमा वालुवाखानी सञ्चालनमा ल्याउने र विमानस्थलमा दोस्रो चरणमा भइरहेको पुनर्निर्माण परियोजनालाई वालुवा बेच्ने योजना थियो । त्यसका लागि भएका प्रयासहरु अघि बढेका छैनन् । अहिले पनि सदस्यसचिव थापा र अध्यक्ष तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले वालुवा वेच्ने निर्णय गर्न खोजेका थिए । त्यसबाट आउने कमिशनको लोभमा चुनावअघि नै उनीहरुले त्यस्तो निर्णय गर्न खोजेको भए पनि कोषाध्यक्ष सुवेदीका कारण निर्णय अघि बढ्न सकेको थिएन । 

 एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलको सिफारिशमा तत्कालीन पर्यटन मन्त्री प्रेम आलेले सुवेदीलाई नियुक्त गरेका थिए । पौडेलले आफ्नो टेलिभिजन र विभिन्न व्यापारको ऋण चुक्ता गर्न सुवेदीबाट सहयोग अपेक्षा गर्दै नियुक्त गरेको चर्चा पनि चलेको थियो ।

तर, सदस्यसचिव थापा र कोषाध्यक्षबीचकै सम्बन्ध तिक्ततापूर्ण भएपछि पछिल्ला निर्णयहरु अघि बढेका छैनन् । स्रोतका अनुसार, उनीहरुको तत्काल सम्बन्ध सुधार भइहाल्ने स्थिति पनि छैन ।  त्यसो त, पशुपति मन्दिरमा दुईबर्षअघि जलाहरी राख्ने क्रममा हराएको ११ किलो सुनको विवाद पनि सल्टिएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको भएपनि त्यो टुंगो लागेको छैन । 

स्रोतका अनुसार, सदस्यसचिव थापा पनि त्यो विवादमा परेका छन् । उनीहरु उक्त घटनामा मुछिएका कारण त्यसबाट बच्न सदस्यसचिव थापाले अनेकन चलखेल गरिरहेको कोषका कर्मचारी बताउँछन् । कर्मचारीहरुका अनुसार, थापा कोषाध्यक्षको हैसियतमा त्यतिबेला जलाहरी राख्ने समितिको संयोजक थिए । यता, कार्यकारी निर्देशक घनश्याम खतिवडालाई पनि हटाउने प्रयास मन्त्री श्रेष्ठ गरेका थिए । तर, खतिवडा सम्पर्कमै नआएका कारणले उनको प्रयास सफल भएको छैन । खतिवडालाई बचाउने प्रयासमा सदस्यसचिव थापा नै लागेको आरोप छ । सोही कारण पनि थापाविरुद्ध सुवेदी लागेको चर्चा पनि कोषमा हुने गरेको छ ।