🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

रत्ननगर, चितवन २० जेठ (रासस) : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा जेठ २० गते  अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा जेठ २० गते अपराह्न ४ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिएका छन्  । 

सडक निर्माण कार्य हुँदै गर्दा एक्कासि सडकमाथिबाट सुख्खा पहिरो खसेको हो । उक्त स्थानमा तीन स्काभेटरको प्रयोग गरेर पहिरो हटाउने काम जारी छ । 

शुरुमा पहिरो खस्ने क्रम नरोकिएकाले केही समय पहिरो हटाउने कार्य सञ्चालन गर्न नसकिएपनि अहिले भने पहिरो हटाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

पहिरोका कारण चितवनबाट काठमाडौँ, पोखरालगायत ठाउँमा जाने र चितवन आउने सवारी अहिलेबीच बाटो मै रोकिएका छन् । 

बिहान १० बजेदेखि रोकिएका सवारीसमेत जान पाएका छैनन् । यहाँ सडक निर्माण कार्य जारी रहेकाले विहान १० देखि अपराह्न ४ बजेसम्म सवारी रोकिँदै आएको छ ।