🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 मरिच तस्कर वेपत्ता : नौ लाखको मरिच बरामद

पर्सा, २० जेठ (रासस) : अवैधरुपमा भारततर्फ लैजाँदै गरिएको अवस्थामा प्रहरीले लाखौँ रुपैयाँ मूल्य बराबरका मरिच बरामद गरी जेठ २० गते  सार्वजनिक गरेको छ । 

पर्साको बिन्दवासनी गाँउपालिका–४ अमरपट्टिबाट बरामद गरिएको मरिच करिब रु नौ लाख मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । 

ना ३ त २४३६ नं को ट्र्याक्टरमा ७५ बोरा मरिच लोडगरी अवैध रुपमा भारततर्फ लैजान लागिएको प्राप्त सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा सो परिमाणको मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए  । बरामद गरिएको मरिच एक हजार ८७५ किलो रहेको छ । 

मरिचसहित प्रहरीले ट्र्याक्टर चालक भारत बिहार सिक्टा निवासी नन्दलाल यादवलाई नियन्त्रणमा लिएको छ । बरामद गरिएको मरिच, ट्र्याक्टर र चालक यादवलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिएका  छन्  । 

मसलाका रुपमा प्रयोग हुने मरिचको मूल्य नेपालको तुलनामा भारतमा प्रतिकिलो ३२५ रुपैयाँ बढी भएकाले सीमा क्षेत्रमा अहिले मरिचको तस्करी ह्वातै बढेको समाचार छ । 

नेपालमा प्रतिकिलो ४७५ रुपैयाँमा बिक्री हुने मरिच भारतमा ८०० रुपैयाँमा बिक्री हुँदा खुल्ला सीमानाको फाइदा उठाउँदै कारोबारीले तेस्रो मुलुकबाट आयात गरिएको मरिचलाई अवैध रुपमा भारततर्फ पठाउने गरेको प्रहरीले जनाएको छ । 
–––