काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले आफ्नो दावी छोडेर महामन्त्री गगन थापालाई किन संसदीय दलको नेता उम्मेदवार बनाउन राजी भए ? भन्ने प्रश्न अहिले चासोको रुपमा उठेको छ । २०७९ पुस ५ गते विहान लाजिम्पाटको एम्बास्डर होटलका बैठकसम्म आफ्नो दावी नछोडेका कोइराला हनुमानस्थानको बसेरा होटलमा आईपुग्दासम्म कसरी परिवर्तन भए ? अहिलेसम्म सार्वजनिक भएको खबर अनुसार १५ औं महाधिवेशनमा गगन थापाले कांग्रेसको सभापतिमा शेखर कोइरालालाई नै समर्थन गर्ने सहमति भएको छ ।
एक त आफ्नो समूहमै डा. शेखर काेइराला कमजोर हुने र महामन्त्रीद्वयको साथ नहुने अर्कोतिर देउवा समूहबाट पनि अर्को महाधिवेशनमा लागि ग्यारेन्टी नहुने स्थिति भएपछि कोइराला ब्याक हुन बाध्य भएको टिप्पणी भइरहेको छ ।कांग्रेससभित्र चलेको अर्को चर्चा अनुसार चाहिँ शक्ति केन्द्र भारत र अमेरिका पनि कोइरालालाई ब्याक गराउन लागेका थिए ।
त्यो कुरा बसेरा बैठकपछि सांसद सुनील शर्माले बताएका थिए । तर, ४ वर्षपछिको परिस्थिति कस्तो हुन्छ ? भन्ने अहिले नै भन्न सक्ने स्थिति छैन र गगन त्यसलाई मान्ने पक्षमा अडि रहलान् भन्ने अनुमान पनि गर्न सकिदैन । किनभने दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मावीच अनौपचारिक सहमति भनेको नै थापा प्रधानमन्त्री हुने र शर्मा पार्टी सभापति हुने भन्ने रहेको स्राेत बताउछ ।
नेपाली कांग्रेसकाे आउँदो महाधिवेशनका लागि गगन र विश्वप्रकाशवीच यस्ताे सहमति भएपछि संसदीय दलको नेता बनाउन शर्माले चुनावअघि देखि नै प्रयास गरेका थिए । यो सहमति भंग भएको अवस्थामा मात्रै अब थापाले शेखरलाई सभापतिको उम्मेदवारमा समर्थन गर्न सक्छन् । तर, त्यो संभावना भने सजिलाे देखिएको छैन । डा. शेखर कोइरालाले नै गत वर्ष सभापतिको उम्मेदवार हुँदा एक पटक, यसै पटकट भनेर सभापतिमा मत मागेका थिए ।
यसरी हेर्दा सहमति जे भएको त्यो त्यति विश्वासयोग्य छैन् । त्यसो भए डा. शेखर कोइराला संसदीय दलकाे नेतामा उम्मेदवारबाटब्याक हुने स्थिति कसरी आयो ? त्यसमा मूलतः आफ्नै समूहमा अल्पमत परेको देखिन्छ ।
कोइराला समूहभित्र पहिलादेखि नै गगन थापाको पनि समानन्तर समूह थियो । अहिले त्यो समूह हावी भएको थियो । जसले गर्दा, कोइराला आफ्नै समूहमा अल्पमतमा परेको कांग्रेस स्रोतको दावीछ ।
आफ्नै समूहका सांसदहरु करिब ३० जना रहेको उनीहरु नै भड्किने वा उम्मेदवार भएकै अवस्थामा पनि काेइरालाले गगनभन्दा कम मत ल्याउने संभावना पनि रहेको थियो । त्यसकारणले पनि कोइराला पछाडि हटेको अनुमान गरिएको छ ।
अर्कोतिर गगन थापा समूहले कोइरालामाथि विभिन्न माध्यमबाट दबाब बढाएका पनि थिए । युवा भनिएका नेताहरुमार्फत बढाएको दबाबका कारण शेखर कोइरालामा आफू उम्मेदवार हुँदा दुवै महामन्त्रीको साथ छोड्नुपर्ने अवस्था आउने बुझेका थिए ।
एक त आफ्नो समूहमै डा. शेखर काेइराला कमजोर हुने र महामन्त्रीद्वयको साथ नहुने अर्कोतिर देउवा समूहबाट पनि अर्को महाधिवेशनमा लागि ग्यारेन्टी नहुने स्थिति भएपछि कोइराला ब्याक हुन बाध्य भएको टिप्पणी भइरहेको छ ।
कांग्रेससभित्र चलेको अर्को चर्चा अनुसार चाहिँ शक्ति केन्द्र भारत र अमेरिका पनि कोइरालालाई ब्याक गराउन लागेका थिए ।



