🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तौल नघटाउँदा रोकियो पीआर

एक खबरका अनुसार, मोन्डेलिया बेजुइडेनहट नामकी एक दक्षिण अफ्रिकी महिलाको स्थायी आवेदनलाई न्यूजिल्याण्ड प्रशासनले खारेज गरिदिएको छ । खारेजीको कारण अरु केही नभएर उनको तौल बढी हुनु हो । हो, स्थायी बसोबासको आवेदन खारेजीका विविध कारण हुने गर्दछन्  । तर तौल बढी भएर आवेदन खारेजी भएपछि मोन्डेलिया एकाएक चर्चामा आएकी थिइन ।

सन् २०१८ मा दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथबाट न्यूजिल्याण्डको पामस्र्टन नर्थमा पुगेकी मोन्डेलियाले आफ्नो परिवारसँगै स्थायी बासोबासको लागि आवेदन दिएकी थिइन । बडी मास इन्डेक्स (बीएमआई) बढी भएको भन्दै उनको आवेदन न्यूजिल्याण्ड सरकारले खारेज गरिदिएको थियो । 

मोन्डेलियाका अनुसार न्यूजिल्याण्डका अधिकारीले उनलाई ३० किलो तौल घटाउन भन्दै तौल घटाउन नसकेमा न्यूजिल्याण्डबाट आफ्नो मुलुक फर्किन भनेका थिए । ३६ वर्षीय मोन्डेलियाको अतिरिक्त तौल न्यूजिल्याण्ड सरकारको लागि बोझ बन्न सक्ने भन्दै उनको आवेदन खारेज भएको थियो । न्यूजिल्याण्ड सरकारले स्वास्थ्य सेवाका लागि सरकारी खर्च दिने गर्दछ । विशेष अपिलपछि उनलाई बस्न अनुमति भने दिइएको थियो । १२८ किलो तौल भएकी मोन्डेलियाले केही समयपश्चात आफ्नो बीएमआईमा १० अंकले घटाएकी थिइन । (एजेन्सी)