🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिकबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।

आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रतिनिधिसभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गरे । समारोहमा सचिव दुवाडीले निर्वाचित सांसदहरूलाई बधाई दिँदै निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्बन्धित सबैमा धन्यवाद व्यक्त गरे । 

आयोगले गत २८ मंसिरमा समानुपातिक निर्वाचन प्रणालीतर्फको परिणाम सार्वजनिक गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० सांसद निर्वाचित भएका थिए ।