🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फिफा विश्वकप फुटबल २०२२ : मोरोक्कोलाई हराउदै क्रोएसिया तेस्रो

काठमाडौं, २ पुस । फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा हिजो तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई  २-१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो ।

क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर खेलको नवौ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

खेलको ४२औं मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले  गोल गर्दै फेरि अग्रता दिलाए ।  जुन गोल नै क्रोएसियाको जितका लागि निर्णयक बन्यो । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट  गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो । हारसँगै मोरक्को विश्वकपको चौथो स्थानमा रह्यो ।

प्रतियोगिताको फाइनल आज राति ८ः४५ मा हुदैछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।