🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रामेछापमा बोलेरो दुर्घटना : नौ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–६ भुजीमा शनिबार दिउँसो बोलेरो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँबाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बरको बोलेरो गाडी भुजीको एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो । घाइतेहरूको उद्धार गरी गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।

कच्ची सडकको मोडबाट गाडी अनियन्त्रित भई करिब ५० मिटर तल भिरमा खसेको छ । बोलेरोमा सवार सबै नौ जना घाइते भएका छन् । घाइतेमध्ये लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका वडासदस्य विमल सुनुवार, सोही गाउँका विमला सुनुवार र राजकुमार थापालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले बताए ।

त्यसैगरी, गाडी दुर्घटनामा लिखु तामाकोसी गाउँपालिका– १ दुरागाउँकै २३ वर्षकी सृष्टि सुनुवार, ३० वर्षकी सीता कार्की, ३० वर्षकै मनिता खड्का र ४० वर्षका दीप सुनुवारलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि सदरमुकाम मन्थलीतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १६ वर्षीय नरेश खड्का र १९ वर्षीय सुजन भुजेलको अवस्था सामान्य रहेकाले उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।