🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने महेन्द्र पाण्डे नियन्त्रणमा

काठमाडौँ, माघ ६  गते । काठमाडौँ जिल्ला अदालतको दक्षिण गेट बाहिर २०८१ सालको माघ २ गते (जनवरी 16) अन्दाजी १५:४५ बजेको समयमा बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने घटनामा संलग्न फरार रहेका एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडाैंले जानकारी दिएकाे छ।

प्रहरी स्रोतका अनुसार, कुटपिटमा संलग्न रहेकाहरूमध्ये एक व्यक्तिको पहिचान महेन्द्र पाण्डेको रूपमा भएको छ, जसको वास्तविक नाम महेन्द्र पाण्डे र उपनाम महानन्द जैसी हो। महेन्द्र पाण्डे जिल्ला हुम्ला, अदानचुली गाउँपालिका वडा नं. ४ का स्थायी बासिन्दा हुन् र हाल काठमाडौँको सूर्यदर्शन हाईटमा बसोबास गर्दै आएका छन्।

उक्त अभियुक्त मिति २०८१/१०/०५ गते (जनवरी 19) का दिन काठमाडौँ महानगरपालिका, का.जि. टोखा वडा नं. ३ स्थितबाट पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत्त सिंहदरवारमा ल्याएर थप अनुसन्धान गरिएको छ।

साथै, प्रहरी प्रशासनले यस घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य जारी राखेको र त्यस्ता व्यक्तिहरूलाई पनि शीघ्र पक्राउ गरिने विश्वास व्यक्त गरेको छ।

यो घटना सँग सम्बन्धित थप अनुसन्धान र अन्य अभियुक्तहरूको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।