काठमाडौँ, १६ जेठ। नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइनबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा) राख्ने सहमति भएपछि भोलि २०७५ जेठ १७ गते निर्वाचन आयोगमा ''नेपाल कम्युनिष्ट पार्टी(नेकपा)'' नामक पार्टी दर्ता हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइनको नाममा विवाद उत्पन्न भएपछि ''नेपाल कम्युनिष्ट पार्टी(नेकपा)'' नाम जुराइएको र अब यही नामको दल दर्ता हुने भएको हो।
पार्टीको नाम परिवर्तन गरिएपछि निर्वाचन आयोगमा ठूला वाम एकताको पार्टी औपचारिकरुपमा दर्ता हुने भएको छ।
२०७५ जेठ ३ गते एकीकरण भएका नेपालका दुई ठूला वाम दल, दर्ता प्रक्रिया सुरु भएको १५ दिनपछि मात्र औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता हुने भएका छन्। निर्वाचन चिन्ह भने सूर्य नै रहने छ।



