🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोखरामा जीप दुर्घटना, एक जनाको मृत्यु

पोखरा, १ पुस । पोखरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा २५ हेमजामा पर्वतबाट सुन्तला बोकेर आउँदै गरेको ग२च २६८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा तनहुँकी ३७ वर्षीय बसन्ती मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । 

म्याग्दीको मंगला १ घर भइ पोखरा बस्दै आएका गजेन्द्र पुन घाइते भएर गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका छन् । जीपका चालक फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।