काठमाडौँ, २९ मङ्सिर। फ्रन्स कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको रङ्गशालामा आज भएको खेलमा मोरक्कोलाई २-० गोलअन्तरले पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको हो । फाइनलमा फ्रान्सले अर्जेन्टिनासँग विश्वकप फुटबल २०२२ उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलको पाँचौ मिनेटमा फ्रान्सका खेलाडी थियो हर्नान्डेज र ७९ औं मिनेटमा कोलो मुयानीले १/१ गोल गर्दै फ्रान्सलाई दोब्बर अग्रता दिलाए । यसरी फ्रान्सले मोरक्को विरुद्द २-० गोलअन्तरको जीत सुनिश्चित ग¥यो ।
फ्रन्सको यो चौथो पटकको फाइनल यात्रा हो । फ्रन्सले दुई पटक विश्वकप उपाधि जितेको छ । फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेल नेपाली क्यालेन्डर अनुसार पुष ३ गते आइतबार राति ०८ः४५ बजेदेखि सुरु हुनेछ ।—



