🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कान्तारा जस्तो फिल्म चाहन्छन् कार्तिक

मुम्बई।  अभिनेता कार्तिक आर्यनले हालैमात्र ‘कान्तारा’ जस्तो फिल्म गर्न चाहेको बताएका छन् । उनले आफू स्वदेशी मानिस भएकाले ‘कान्तारा’ जस्ता फिल्म हेर्न र काम गर्न मनपराउने गरेको खुलाए ।

‘म जमिनसँग जोडिएको मुद्धासँग सम्बन्धित फिल्ममा अभिनय चाहन्छु । किनकि म आफैं स्वदेशी मानिस हुँ । मेरो रगत नै स्वदेशी छ । मलाई यस्तो फिल्म हेर्न र काम गर्न मजा आउँछ । मेरो इच्छा पनि स्वदेशी कथावस्तुको फिल्ममा काम गर्ने हो’, उनले भनेका छन् ।

उनले केही सञ्चारमाध्यममा ‘कार्तिकको युग सुरु भएको’भन्दै समाचार आएकोप्रति खुसी व्यक्त गरेका छन् । ‘यस्तो सफलता देख्दा म खुसी हुन्छु । आगामी दिनमा पनि मेरो फिल्म चलोस र म राम्रो फिल्ममा काम गर्न पाइरहुँ’, उनले भनेका छन् ।

हालका दिनमा कार्तिकको करियर निकै सफल बन्दै गएको छ । यसैवर्ष रिलिज उनको फिल्म ‘भूल-भुलैया २’ले बक्सअफिसमा राम्रो व्यापार गर्‍याे । यसबाहेक हालैमात्र ओटीटीमा रिलिज फिल्म ‘फ्रेडी’ले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । आगामी वर्ष उनी फिल्म ‘शहजादा’, ‘क्याप्टेन इण्डिया’, ‘आशिकी २’, ‘सत्यप्रेम की कथा’ आउँदैछन् ।