🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकारको आवरणमा नक्कली प्रमाणपत्र बिक्रीबितरण गर्ने सावद पक्राउ : अख्तियारको फन्दामा घुस्याहा सई

 काठमाडौँ, १५ जेठ । पत्रकारको आवरणमा भारतीय नक्कली प्रमाणपत्रको कारोबारमा संलग्न देवराज साउद पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई सोमबार  पक्राउ गरेको छ ।

 सावदले पुतलीसडकमा सञ्चालन गरेको आर्यन इन्टरनेशनल एजुकेशनल प्रा.लि. र दीपककुमार खत्रीले बागबजारमा संचालन गरेको यामाटो एजुकेशनल प्रा.लि.ले बिभिन्न सरकारी कार्यालयको सरकारी कागजहरु, बिभिन्न शैक्षिक संस्थाहरुको प्रमाणपत्र र भारत उत्तर प्रदेशका शैक्षिक संस्थाहरुको प्रमाणपत्र कीर्ते गर्दैआएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको छ ।

सावद र खत्रीले विगत १० बर्षदेखि भारतका जुनसुकै विश्वविद्यालयका नक्कली प्रमाणपत्र बिक्री बितरण गर्दैआएका थिए । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार सावद र खत्रीले एउटा प्रमाणपत्रको १ लाख ५० हजार रुपैयाँ लिएर बिक्री गर्दैआएको भेटियो ।   सावद पुलेसो डटकमको पत्रकार भन्दै यस्तो धन्दामा संलग्न रहेको खुलेको छ ।

अख्तियारको फन्दामा  घुस्याहा सई

यसैबीच, महानगरीय प्रहरी दरबारमार्ग बृत्तका सई वीरेन्द्र एडी २४ हजार रुपैयाँ घुससहित आज भाटभटेनीको एक रेष्टुरेन्टबाट पक्राउ परेका छन् । अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको छ । दरबारमार्गको एक रेष्टुरेन्टबाट मासिक ५ हजार घुस लिने गरेका थिए । ती रेष्टुरेन्टका संचालकले एकमुष्ट ५ महिनाको घुस दिन रेष्टुरेन्टमा बोलाएर अख्तियारको टोलीलाई सूचना दिई पक्राउ गर्न लगाएका छन् ।