🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शक्तिशाली देशको महानगरमा मुसा आतंक !

विश्व ध्वस्त पर्ने मिसाइल बोकेर बसेको शक्तिशली देश अमेरिकालाई कहिले उडुसले त कहिले मुसाले सताउने गरेको छ । न्यूयोर्क महानगर प्रशासनले मुसाको आतंकबाट बच्नका लागि विज्ञको खोजी गरिरहेको खबर छ । करिब एक करोड ८० लाख मुसाको संख्या रहेको अनुमान लगाउँदै न्यूयोर्क प्रशासनले यसबाट छुटकारा पाउन १ लाख ७० हजार डलर तिरेर विज्ञ नियुक्त गर्न खोजेको छ । एक खबरका अनुसार, यसका लागि पत्रिकामा विज्ञापन समेत गरिएको छ ।

साथै, मुसा निर्मूल पार्नका लागि विज्ञ बन्न चाहेको आवेदकले कम्तीमा स्नातक पास गरेको हुनुपर्ने उल्लेख गरिएको छ । न्यूयोर्क शहरमा मुसाको आतंकबारे जनगुनासो बढेपछि बितेको दुई वर्षको तुलनामा सन् २०२२ को पहिलो आठ महिनामा ७० प्रतिशत गुनासोमा एक्सन लिइएको थियो । मुसाको आतंक रोक्नकै लागि न्यूयोर्कबासीलाई राति आठ बजेभन्दा पहिला फोहोर बाहिर निकाल्न मनाही पनि गरिएको थियो ।