🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आज भ्रष्टाचारविरुद्धकाे अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौं ।  आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष ९ डिसेम्बरका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । 

नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । महासन्धिअनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण आयाेग गठन गरेको हो । भ्रष्टाचारविरुद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अङ्गिकार गरिएको छ । नेपालमा कुनै पनि संस्था वा राज्यका विभिन्न पदमा रहेका व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गरेमा उनीहरूलाई कारबाही गर्न संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।

भ्रष्टाचार दिनदिनै बढिरहेको र संसारभरि एउटा साझा समस्याका रूपमा फैलिरहेकाे छ । यसले आर्थिक, राजनैतिक र वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर पार्ने गर्छ । हुन त  सरकारले भने भ्रष्टाचार न्यूनीकरण हुँदै गएको दाबी गर्दै आएकाे छन् ।