🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका- ५ झुवानीटोलका १८ वर्षीय किशोर रहेका छन् । 

सर्वसाधारणलाई झुक्क्याएर ठगी गर्ने उद्देश्यले नक्कली फेसबुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको जनाएको छ ।  

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।