🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रविको प्रधानमन्त्री बन्ने रहस्यमय घोषणा : खतराको ‘घण्टी’ साँचोमा परिणत  

अहिलेको निर्वाचनको परिणामलाई लिएर मुख्य राजनीतिक पार्टी भित्र नै विद्रोह सुरु भएको छ । अर्को गठबन्धनको कुरा छ । उनीहरुले भोटलाई बैंकमा एउटा खातामा पैसा राखेर अर्को खातामा ट्रान्सफर गरे जस्तो सजिलो ठाने । वास्तवमा भोट भनेको त्यस्तो हुँदै हुँदैन । मतदाताको पनि आफ्नो सार्वभौम सत्ता हुन्छ । पार्टीले जता खटायो त्यहाँ मात्र भोट हाल्ने रहेनछन् भन्ने यो चुनावले देखायो । 

यो कुनै अस्वभाविक होइन । गठबन्धनभित्र पनि आरोपप्रत्यारोप चलिरहेको छ । त्यो तर्कविहीन कुरा हो । यसको कुनै लक्ष्य, उद्देश्य छैन । मतदातालाई आफूले प्रभावमा राख्न नसक्ने अनि एक पार्टीले अर्को पार्टीलाई भोट दिएन भनेर रोइलो गर्नुको कुनै अर्थ हुँदैन । कुनै पार्टीको अध्यक्ष वा सभापतिले भन्दैमा मतदाताले मतदान गर्दैनन् । 

मतदातालाई आफ्नो पक्षमा पार्नका लागि नीतिगत व्यवस्थापन र उनीहरुका मागको संवोधन गर्नुपर्छ । नेताले त्यो गर्न सक्दैनन् । अनि मतदाताले नेतालाई पनि भोट दिंदैनन्, मुख्य कुरा अनि समस्या यही हो । 

हरेक पार्टीका समर्थक हुन्छन् । तर, त्यसमा केही मात्र प्रतिवद्ध हुन्छन् । जे भएपनि उनीहरु सबै मतदाता हुन्, जनता हुन् । सबै मतदाता पार्टी सदस्य होइनन् । पहिला एउटा पार्टीलाई जुन स्थानबाट जति मत आएको थियो, अहिले पनि त्यति नै आउनु पर्छ भन्ने हुँदैन । त्यो समय अनुसार अर्को पार्टीमा स्थान्तरण भएर जान सक्छ । 

नेताले भनेको चिन्हमा नै भोट दिनुपर्छ भन्ने छैन । अर्को महत्वपूर्ण कुरा के हो भने गठबन्धनमा सजिलोसँग भोट ट्रान्सफर हुँदैन । मतदाताले नेताले जे भने त्यो मान्नुपर्छ भन्ने पनि छैन । मतदाता स्वतन्त्र भएका कारण नेताको दासत्व लागु हुँदैन । यसबाट जनता मुक्त हुनु पनि पर्छ । मैले गरेको राजनीति शास्त्रको अध्ययनले पनि यही भन्छ । 

गठबन्धनमा अहिले मत नआएको भन्दै रोइलो चलेको छ । यो चुनावपछि र आज मात्र होइन, हिजोदेखि नै चलिआएको परम्परा हो । यसमा आरोप भन्दा महत्वपूर्ण कुरा के हो भने मतदातालाई बुझाउन नसकेको वा मतदाताको मन जित्नका लागि कुनै आशा नदेखाएको भन्ने देखिन्छ ।

मतदातालाई आफ्नो पक्षमा पार्नका लागि नीतिगत व्यवस्थापन र उनीहरुका मागको संवोधन गर्नुपर्छ । नेताले त्यो गर्न सक्दैनन् । अनि मतदाताले नेतालाई पनि भोट दिंदैनन्, मुख्य कुरा अनि समस्या यही हो । 

रवि लामिछानेको पार्टी त एकाएक चुनावमार्फत उदाएको बारेमा धेरै कुरा आंकलन गर्न सकिन्छ । यस विषयमा समाजमा विभिन्न किसिमका हल्ला चलेका छन् । हामीले त्यसबारेमा धेरै चासो राख्नु पनि हुँदैन ।

केपी शर्मा ओलीले नै रविलाई चुनावमा उठाएको पनि भन्छन् । यसका अन्तर कथा होलान् । मिडियामा काम गरिरहेको एउटा पत्रकारले पार्टी खोलेर आउनुको केही अन्य कारणहरु पनि हुन सक्छन् ।

एक पटक रविको बारेमा भएको चितवनको घटनामा उसका समर्थकको भीड लागेपछि अब रवि राजनीतिमा आउन सक्छ भनेर आंकलन गरिएको थियो । स्वतन्त्रका बारेमा स्थानीय चुनावमा सबै स्वतन्त्र एकै ठाउँमा भए हुने भन्ने माग पनि उठेको थियो । यसले धेरै स्वतन्त्रलाई एक ठाउँमा पार्न सक्छ भनिएको थियो । यो कुरामा उसले मनन गरेको हुनसक्छ । स्वतन्त्रको जमात भन्दा पार्टी ठिक हुन्छ भन्ने लागेर रविले पार्टी बनाएको हुन सक्छ । 

   रविको पार्टी त पार्टी बनेकै छैन । मात्र चुनावको लागि परीक्षण हुन जरुरी छ । त्यसपछि मात्र पार्टी बन्छ । पहिलो चुनौती त अव सुरु भइसकेको छ । …दुईटा ठुला पार्टीले आफूसँग मिल्नका लागि भन्न थालिसकेका छन् । आफू कता जाने वा नजाने भन्ने बारेमा उसको निर्णय हो । आवश्यक परेको खण्डमा प्रधानमन्त्री बन्छु भनेर घोषणा गरेका कारण यसको भित्री कथा र रहस्य केही छ कि भन्ने बारेमा बजारमा चर्चा र खोजी हुन थालेको छ ।

भर्खर बनेको पार्टीका लागि अहिले आएको परिणाम नराम्रो भन्न मिल्दैन । काठमाडौंमा नै चार सिट जित्नुले पनि यो सामान्य कुरा होइन भन्ने प्रष्ट पारेको छ । यो आशाजनक प्रगति हो । पार्टी बनेको छैन । चुनाव लड्छु भन्नेलाई टिकट दिलायो । नयाँ पार्टीका लागि नेता आवश्यक पनि हो । 

  अब सरकार कसरी बन्छ भन्ने विषयमा अहिले नै यसै भन्न सक्ने अवस्था छैन । गठबन्धनको बहुमत आउन सकेन । यसको अर्थ मिलिजुली सरकार नै बन्ने हो । अहिलेको अवस्था हेर्दा रवि लामिछानेको पार्टी साँचोमा परिणत हुने देखिन्छ । गठबन्धन पनि अहिले नै टुट्छ भनेर भन्न सकिने अवस्था पनि छैन । भोलि जाने ठाउँ पनि छैन । नारा मात्र लगाएर हुँदैन । कम्युनिस्ट पनि एक हुन सकेनन् । बल्ल तल्ल जोडिएको कम्युनिस्ट अलग भएर चुनाव लडे । कसैले भन्दैमा एकता भएर अगाडि बढ्छ भन्ने छैन । सरकारमा जान हरेकले अवसर खोजेका हुन्छन् । 

अहिले सत्ताको खेल सुरु भएको देखिन्छ । यसमा सबैले आफ्नो भाग खोजेर बाजी मार्ने चाहना राख्छन् । यो अवस्था भनेको एकदमै नराम्रो अवस्था हो । यस्तो अवस्थामा यो होला वा त्यो होला भनेर भन्न सकिने अवस्था छैन । बहुमतको सरकार तीन वर्ष टिक्न सकेन भने यो सरकार पनि पूरा कार्यकाल चल्दैन । तर सरकार बनेपछि दुईवर्ष पूरा गर्न चाहिं सक्छ । 

संविधानमा भएको छिद्रका कारण गठबन्धनमा भएको पार्टीले सरकारबाट समर्थन फिर्ता लियो भने विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्रधानमन्त्रीले आफूलाई आवश्यक परेको बेलामा लिनसक्ने कानूनी प्रावधान अनुसार यो हुन्छ । अस्थिरताको कुरा गर्ने हो भने त्यो स्वभाविक हो । यो आज मात्र भएको होइन हिजोका दिनमा पनि थियो । आज पनि छ र भोलि पनि रहन्छ । यो निरन्तर रुपमा हुर्किरहेको छ । 

त्यसो हुनाले अस्थिर सरकार स्वभाविक हो । ०४८ सालदेखि नै बहुमतको सरकार नटिक्ने बरु मिलिजुली सरकार नै टिक्ने गरेको छ । यही प्रक्रिया निरन्तर अगाडि जाने हो, तर त्यो कसरी कुन आधारमा कति खराब भएर अगाडि बढ्छ भन्ने मात्र हो ।

(कुराकानीमा आधारित-साँघु साप्ताहिक, २०७९ मंसिर १२ गते )