🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अवैध लागूऔषधसहित एकजना पक्राउ, अर्का फरार

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । अर्का एकजना फरार भएका छन् । काठमाडौं महानगरपालिका–३२ बालकुमारीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार १ सय ७० ट्याब्लेट सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका–१५ ठेगाना भएक ३० वर्षीय प्रदिपकुमार चौधरीलाई पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई मंगलबार पक्राउ गरेको हो । उनीउपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुर, मनहरी गाउँपालिका–६ कत्ले खोलास्थित सडकमा डब्लुबी ५९ सी ६७३५ भारतीय नम्बरको ट्रकबाट अवैध लागूऔषध गाँजा ७९ किलो बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बल आईआरटी पोष्ट कत्ले खोलाबाट खटिएको संयुक्त टोलीले उक्त ट्रकमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको हो । हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।