🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भरतमोहनको कथा : अर्थमन्त्रीको दर्दनाक ब्यथा !

 रामशरणजी कांग्रेसप्रति प्रतिबद्ध, कम्युनिस्ट विचारको कट्टरविरोधी र उदार अर्थतन्त्रको कठोर अनुयायी हुनुहुन्छ ।  यसका साथै, हामीसंग उहाँ  निकै मर्यादित व्यवहार गर्नुहुन्छ । मैले माथि उल्लेख गरेको छु, सदन चलिरहेकै थियो । लक्ष्मण घिमिरेले मलाई पाँच  अर्ब रुपैयाँ घोटाला गरेको आरोप स्पष्टीकरण दिन म बोल्न उठेको थिएँ  । तर, सभामुख(सुवास नेम्वाङ्ग–सं.)ले मलाई बोल्नै दिनुभएन । मन्त्रीले सदनमा बोल्न माग गर्दा उसलाई रोस्ट्रममा आएर बोल्न दिने परिपाटी छ । तर, त्यो सुविधा पनि मैले पाउन सकिनँ ।

आफूमाथि आरोप लाग्दा स्पष्टीकरण दिन पाउनु प्राकृतिक न्यायको सिद्धान्त हो । तर, कति आग्रह गर्दा पनि मलाई सभामुखले बोल्न दिनुभएन त्यहाँ  के तमासा देखिरहेको थिएँ  भने, कांग्रेसका केही सांसदहरुले उठी–उठी ममाथि आरोप लगाइरहेका छन् । तर, सदनमा रहेका एमालेका कोही सांसद पनि बोल्दैनन् । आफ्नो पार्टीको अर्थमन्त्रीमाथि त्यत्रो आरोप लागिरहेको छ, त्यसको खण्डन गर्न एमालेका कोही सांसद उठ्दैनन् । माओवादी पनि सरकारमा छ । उसका कुनै नेता पनि अर्थमन्त्रीको डिफेन्समा बोल्दैनन् । मलाई असह्य भयो । बोल्न खोजें । तर, बोल्न पाइरहेको थिइन्  । त्यो दिन कांग्रेसका केही सांसदहरु ममाथि आक्रमण गरिरहेका थिए । मैले त्यस दिन सहाराविहीन र निरीह हुनुप¥यो ।

अर्थसचिवको राजीनामा !

अर्थसचिवको राजीनामा, भ्याट छली, युनिटी प्रकरण आदिका बारेमा सोधपुछ गर्न ०६७ चैत्र २० गते संसदको लेखा समितिले मलाई बोलायो । त्यहाँ कांग्रेस  र मधेसवादी सांसदहरुले मैले भ्रष्टाचार र अनियमितता गरेकाले रामेश्वरजीले राजीनामा गरेको आरोप ममाथि लगाउनुभयो । कतिपय त ‘तपाई पुरानो असल भरतमोहन नै रहनुभएन, माओवादी भरतमोहन बन्नुभयो’ पनि भने । त्यसो भन्नेमध्ये एकजना हृदयेश त्रिपाठी हुनुहुन्थ्यो । त्यो लेखा समितिको बैठकमा नेपाल सरकारका मुख्यसचिव माधव घिमिरे र अर्थसचिव कृष्णहरि बाँस्कोटा पनि हुनुहुन्थ्यो । मैले लेखा समितिमा झण्डै ४५ मिनेट बोलें । भ्याटमा के भइरहेको छ ? क्यासिनो र युनिटी प्रकरणमा के कारवाही भइरहेको छ ? अर्थसचिवको राजीनामाको कारण के हो ? सारा विषयमा सविस्तार बताए“ ।

रामेश्वरजीले राजीनामा गरेर मलाई अप्ठ्यारोमा पार्नुभएकै हो । राजीनामा नगरेको भए हुन्थ्यो । तर, उहाँले इमान्दारी पनि देखाउनुभयो । रामेश्वरजीकै राजीनामाको लाठीले हानेर मेरो ५९ बर्षको राजनीतिक जीवन खत्तम पार्ने दुस्प्रयास भएको बेला रामेश्वरजीले नै मलाई जोगाउनुभएको हो । ‘भरतमोहनजीस“ग मेरो सहकारीको विषयबाहेक अरु कुरामा फरक मतै छैन । अरु जोडिएर आएका कुरा गलत हुन्, संसद खोल्नुहोस्’ भनेर रामेश्वरजीले वक्तव्य दिनुभयो । रामेश्वरजीको यस्तो वक्तव्यले मेराविरुद्ध खडा गरिएका सबै योजना तासको घरजस्तै भएर ढले । कांग्रेस निशस्त्र बन्यो । अब उसले सदन अवरुद्ध गर्ने आधार नै रहेन । समितिको बैठक सकेर बाहिर निस्कनासाथ मुख्यसचिवले ‘ल आज राम्रो बोल्नुभयो’ भन्दै मलाई बधाई दिनुभयो । टु“डिखेलमा घोडेजात्राको कार्यक्रम थियो । हामी त्यहाँबाट सीधै घोडेजात्रा हेर्न गयौं । त्यहाँ उपस्थित प्रधानमन्त्रीलगायतका सबै मन्त्रीहरुलाई मुख्यसचिव माधव घिमिरेले ‘आज उपप्रधानमन्त्रीले राम्रो बोल्नुभयो, सबै कुरा प्रस्ट पार्नुभयो’ भनेर सुनाउनु पनि भयो ।

यस प्रसंगमा केही पत्रपत्रिकाका विषयमा पनि भनौं । म प्रेस स्वतन्त्रताको ठूलो हिमायती पनि हुँ । ०४७ को संविधान बनाउँदा प्रेस स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी गर्नुपर्छ भनेर प्रस्ताव मैले नै गरेको हुँ । नेकपा(एमाले) को पा“चौं महाधिवेशनमा जनताको बहुदलीय जनवादको कार्यक्रम बनाउँदा प्रेस स्वतन्त्रतालाई हामीले धेरै महत्व दिएका थियौं र छौं । विभिन्न विचारले चलखेल गर्न पाउनुपर्छ । सबै विचारले मिडियाका माध्यमबाट जनताका बीचमा जान पाउनुपर्छ । नराम्रो विचारलाई पनि खेल्न दिनुपर्छ । फूल  र काँडा दुवैको अस्तित्व नै प्रकृतिको सुन्दरता हो । तर, यस घटनामा केही पत्रपत्रिकाको व्यवहारबाट म बहुतै दुःखी बनें । अर्थमन्त्रीले कर छली गरेको आरोप महत्वका साथ छापिन्छ । तर, मैले प्रस्ट पार्न खोजेको कुराचाहिं प्रेसमा ठाउ“ दिइ“दैन । म देशको उपप्रधान र अर्थमन्त्री थिएँ  । तर, सरकारी सञ्चारमाध्यमहरु नेपाल टेलिभिजन, गोरखापत्र दैनिक, राइजिङ नेपाल र रेडियो नेपालले पनि मेरो कुरा राम्रोसंग राखेनन् । केही एफएम मिडियाले साथ दिए । एबीसी टेलिभिजनले एक घन्टा अन्तर्वार्ता लियो । यी केही मिडियामा मैले बोलेपछि धेरै ठाउ“बाट बधाईको फोन पाए“ । ‘धेरै कुरा अब प्रस्ट भयो, राम्रो बोल्नुभयो’ भनेर प्रतिक्रिया आयो । एबीसीमा मेरो अन्तर्वार्ता आएपछि त्यस टेलिभिजनका प्रमुख शुभशंकर क“डेललाई धम्क्याइएछ । उहाँले पनि मलाई सुनाउनुभएको थियो । ‘सबै मिडिया एकातिर, तपाई एक्लै किन भरतमोहनको डिफेन्स गर्नुहुन्छ’ भनिएछ ।

रामेश्वरजीले राजीनामा गरेपछि अर्थसचिवको पद खाली नै थियो । राजस्वसचिव कृष्णहरि बाँस्कोटालाई मैले कायममुकायम अर्थसचिवको जिम्मेवारी दिएँ । कायममुकायम अर्थसचिव भएपछि कृष्णहरिजीलाई पनि धम्क्याउन सुरु भएछ । ‘तपाई कति दिन भरतमोहनलाई साथ दिनुहुन्छ’ भनिएछ । एकदिन उहाँले आएर मलाई भन्नुभयो, ‘तपाई मेरो बुबाजस्तो मान्छे हो । यस काण्डमा तपाईको एक सिन्को पनि गल्ती छैन । नखाएको विषय कहिल्यै लाग्दैन । तपाई राजनीति गर्ने मान्छे अनेक आ“धीबेहरीको सामना गर्दै आउनुभएको छ । तर, म कर्मचारी हुँ , मचाहिं सहन सक्तिन । हजुरलाई परेको सहयोग गरौंला । मलाई अरु कुनै मन्त्रालय सरुवा गराइदिनुस् । अरुलाई नै अर्थसचिव र राजस्वसचिव बनाएर ल्याउनुस् ।’ बहुतै विनय गर्दै उहा“ले यस्तो आग्रह गर्नुभयो । कतिपय साथीले कृष्णहरिलार्ई हटाएर अर्काे मान्छे ल्याउनुस् भनेर सुझाव पनि दिइरहेका थिए । मैले यो कुरा मानिनँ  । षडयन्त्र गर्नेहरुको दाउ के थियो भने कृष्णहरिलाई अर्थ मन्त्रालयबाट हटाउने र भरतमोहनजीले प्रशासन चलाउनै सक्दैनन् भनेर अर्काे प्रचार गर्ने  । नभन्दै केही सञ्चारमाध्यमहले ‘तपाई कहिले राजीनामा गर्नुहुन्छ ?’ भनेर पनि मलाई सोधे ।

यो सबै कुरा बुझेर मैले कृष्णहरिलाई सम्झाएँ, ‘नआत्तिनुस्, तपाईलाई केही पनि हु“दैन, म छु । तपाईको सुरक्षा गर्ने काम मेरो हो, जीवनमा यस्ता आ“धीबेहरी आउँछन्, अन्तरहृदयले सोच्नुस्, केही बिराउनुभएको छैन भने नडराउनुस्, अहिले केही नभए पनि मरेपछि स्थापित होइन्छ । इतिहासमा यस्ता पनि घटना छन् । मरेको २० बर्षपछि घटनाहरु उत्खनन् भएर असल मान्छे प्रमाणित भएका छन् ।’ उहाँले मुरो कुरा सुन्नुभयो । तर, उहाँको मन डराइरहेको थियो ।

यी प्रसंगमा सबैभन्दा राम्रो भूमिका मुख्यसचिव माधव घिमिरेले खेल्नुभयो । मुख्यसचिव भनेको स्थायी सरकार प्रशासनयन्त्रको प्रमुख हो । प्रशासन प्रमुखले निर्वाह गर्नुपर्ने अभिभावकीय भूमिका र प्रशासनलाई चुस्त राख्ने काममा उहाँले ज्यादै महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले कृष्णहरिलाई धेरै सम्झाउनुभएछ । ‘यो केही पनि होइन, केही हुनेवाला पनि छैन, उपप्रधान र अर्थमन्त्रीसंग कुनै कुरामा कसैको मतभेद होला, उनीहरुले कुरा उछालेका होलान् । तर, मलाई प्रस्ट थाहा छ, यो मुद्दामा कहींकतै अर्थमन्त्री भरतमोहनको दोष छैन । त्यसकारण, तपाई नआत्तिनुस् । प्रशासनमा केही हुँदैन भन्दै मुख्यसचिवले प्रशासनलाई स्थिर राख्न मद्दत गर्नुभयो ।

रामेश्वरजीको राजीनामालाई आड बनाई मनगढन्ते कुरा उछाल्ने, कृष्णहरिलाई तर्साउने र मलाई ‘तपाई कहिले राजीनामा गर्नुहुन्छ ?’ भनेर प्रश्न सोध्ने । यी काम सुनियोजित योजनाअन्तर्गत भइरहेका थिए । यो सरकार बनेको जसलाई मन परेको थिएन, तिनीहरुले. सरकार गिराउने ठूलो योजनाअन्तर्गत यो अस्त्र प्रयोग गरेका थिए ।

नेपाली कांग्रेसजस्तो प्रमुख प्रतिपक्ष पार्टीले उत्तेजना र आवेगमा आएर ममाथि जस्तो आरोप लगाएको थियो, त्यसको उसले कुनै प्रमाण भेट्न सकेन । जसको आडमा आरोप लगाइएको थियो, उनै रामेश्वरजीले विज्ञप्तिमार्फत आग्रह गर्नुभयो । ‘भरतमोहनजीको कुनै दोष छैन, संसद अवरुद्ध नगर्नुस्’ ।

यसै प्रसंगमा उद्योगपति विनोद चौधरीका विषयमा अनाहकमा प्रचार गरियो । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत व्यापक नकारात्मक प्रचार गरियो । उहाँ एमाले सांसद हुनुहुन्थ्यो । उहाँ मलाई काका–बाबुजस्तो मान्नुहुन्थ्यो । मकहाँ आउने–जाने गर्नुहुन्थ्यो । त्यसैको आधारमा उहा“को प्रचार गरियो । अशोक अग्रवाललाई पनि त्यसै मुछियो ।

अशोक अग्रवालका बुबा जगदीश अग्रवालदेखि उहाँको परिवारसंग मेरो चिनजान हो । उहाँ पहिले धरान अनि विराटनगर हुँदै काठमाडौं आउनुभयो । उहाँ बेलाबेला मकहाँ  आइरहनुहुन्थ्यो । म सरकारमा हुँदा उहाँलाई मैले केही नै गरेको थिइन  । तर, उहाँका, उहाँका दाजुका र बुबाका फोटाहरु छापेर पनि प्रचार गरियो ।

मेरा एकजना जेठान धनञ्जय आचार्यको छोरा सुजित आचार्य विद्युत प्राधिकरणको बोर्डमा थिए । उनी त्यो क्षेत्रका विज्ञ हुन् । उनलाई पनि मेरो नातासंग जोडेर प्रचार गरियो । मेरी छोरी लिमा कहिल्यै पनि अर्थ मन्त्रालय गइनन् । तर ‘स्कर्ट लगाउँदै फाइल पल्टाउन पुगिन’ भनेर समाचार छापियो । मेरी छोरीको आफ्नै व्यवसाय छ । उनी सेप अप व्यवासय चलाउँछिन् । उनी आफ्नो व्यवसायमा सफल छिन् । उनले धेरै ठाउँमा आफ्नो व्यवसायको शाखा पनि विस्तार गरेकी छन् ।

यसरी व्यक्तिको अपमान गर्ने काम भयो । यसरी म र मेरो परिवारको हुज्जत गर्ने काम गरियो । के यी कार्य स्वस्थ, मर्यादित र लोकतान्त्रिक मर्यादाभित्र पर्छन् ? पर्दैनन् । यस्तो काममा संलग्न हुनुहुने पत्रकार बन्धुहरुलाई एकपटक यी घटनाको पुनः समीक्षा गर्न अनुरोध गर्छु । केही दिनपछि एक मित्रले मलाई भन्नुभयो, ‘तपाईमाथि ठूलो अन्याय भएकै हो ।’
(संसददेखि संविधानसभासम्म पुस्तकबाट प्रस्तुत)