🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अस्थिरताको भुङ्ग्रोमा रोटी सेक्नेहरूको अब बिल्लीबाठ

इतिहासलाई सायद यही कुरा मञ्जुर थियो–सर्वशक्तिमान नेपाल कम्युनिष्ट पार्टीको पुनर्जन्म ‘मदन–आश्रित’कै समृति दिवसमा होस् र ती दिवंगत महान नेताद्वय नेताप्रति सच्चा श्रद्धाञ्जली ठहरियोस् ।

वि.सं. २००६ सालमा संस्थापक महासचिव क.पुष्पलालको विशेष अगुवाईमा जन्मिएको नेपाल कम्युनिष्ट पार्टी वि.सं. २०१९ सालदेखि २०७० सालसम्म विभाजन र कलहको सिकार भएर विभिन्न भंगालाहरूमा छरियो । सत्तरी प्रतिशत जनमतमाथि कम्युनिष्ट पकड हुँदा पनि भाई फुटे गँवार लुटे, शैलीमा यहाँ कुशासन हावी हुँदै आयो । सायद व्यवहारिक हण्डर ठक्करले शीर्षस्थ कम्युनिस्ट नेताहरू चेते र उनीहरूलाई एकताको बोधिसत्व प्राप्त भयो । 

फलस्वरुप दुई विशाल कम्युनिष्ट पार्टीहरू नेकपा(एमाले) र नेकपा(माओवादी) केन्द्र अतितका तीतामीठा क्षणहरूबाट पाठ सिक्ने बाचा–बन्धन गर्दै पार्टी एकीकरणको निम्ति पटुकी कसेर मैदानमा उत्रिए । 

  चुनावी गठबन्धनले दुई वाम पार्टीलाई झण्डै दुई तिहाईको हाराहारीमा सफलता दिलायो । चुनावमा व्यक्त जनमतको एकसूत्रीय म्याण्डेट थियो–पार्टी एकीकरण । त्यसबाट दायाँबायाँ ढल्किने वा कोल्टिने छुट दुबैलाई थिएन । यसैबीचमा मिडियामा अनेकथरी त्रिकालदर्शी नास्त्रेदमस्हरू र राजनीतिक पण्डितहरूले एकता नहुने भविष्यवाणी गर्न भ्याए । तर झिंगाको सरापले डिंगो कहाँ मर्छ र एकता हुनु थियो, भएरै छाड्यो ।

 
विश्वप्रसिद्ध अर्थशास्त्री पल क्रुगम्यानको (जसलाई भर्खरै डोनाल्ड ट्रम्पले ब्यंगपूर्वक फेक न्यूजन अवार्डले अपमानित गरेका थिए) भनाई यहाँ प्रासंगिक छ–‘बजारको आवश्यकताले वस्तुहरूको उत्पादन हुन्छ र समाजको आवश्यकताले राजनीतिक शक्ति जन्मिन्छ ।’ दक्षिण एसियाको पहिलो, एसियाको तेस्रो र विश्वको पाँचौं ठूलो पार्टीकोरुपमा उदाएको नेपाल कम्युनिस्ट पार्टी घोषणाको महान क्षण(२०७५ जेठ ३ गते साँझ राष्ट्रियसभा गृह)मा साक्षी र सहभागी हुन पाउँदा यो पंक्तिकारले पनि आफूलाई धन्य महसुस गरेको छ ।

अब नेकपाको नेतृत्वले जनचाहनालाई सम्मान गर्दै देशको रक्षा र चौतर्फी विकास गर्न सकेको खण्डमा भविष्यमा साविकका  राष्ट्रिय पार्टीहरू नारायण सिंह पुनको समता पार्टीमा बदलिन बेर हुने छैन । 

जेठ ३ गते निवर्तमान एमालेका लागि श्रद्धा र  विशेष भक्तिको दिन हो । यसपाली जेठ ३ गते एमाले मात्रै हैन निवर्तमान माओवादी केन्द्रको निम्ति पनि पुण्यतिथि बनेर झल्कियो । बिहानै एमाले र माओवादी नेताहरू मदननगर बल्खु पुगे । माओवादी सुप्रिमो प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, नारायणकाजी, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायत एमाले–माओवादी नेताहरूलाई दायाँबायाँ साक्षी राखेर प्रधानमन्त्री केपी ओलीबाट देशको तीव्र विकास गरेर जननेता मदन भण्डारी र जीवराज आश्रितको समृद्धिको सपना साकार पार्ने बोल्ड घोषणा गरियो ।

शीर्ष नेताहरूको निम्ति जीवनकै व्यस्त र सार्थक दिन सावित भएको २०७५ जेठ ३ गते एकता संयोजन समितिको मिटिङ, दुवै पार्टीको आन्तरिक बैठक फेरि संयुक्त बैठकमार्फत नेकपाको माइन्यूटमा संयुक्त हस्ताक्षर र अन्त्यमा राष्ट्रिय सभागृहबाट पार्टी एकताको घोषणालाई फटाफट सम्पन्न गरियो । निर्वाचन आयोगमा नवगठित नेकपा दर्ता पनि प्रक्रिया पनि त्यसैदिन सुरु गरियो । 

  एमाले र माओवादी केन्द्र खोलाका दुई किनाराजस्तो भएकोले यिनको मिलन असम्भव छ भन्दै भविष्यवाणी गर्ने र तीनत्रिलोक चौधभुवनको रहस्यभेदन गर्ने नेपाली नास्त्रेदमस र राजनीतिक महापण्डितहरूलाई थाङ्नामा सुताउँदै जाज्वल्यमान नेकपाको घोषणा हुनुपनि सुखद परिघटना हो । नेकपा कम्युनिष्ट पार्टी स्थापनार्थ चिनिया कम्युनिष्ट पार्टी(सीपीसी) कोरियन वर्कस पार्टी, क्यूबियन कम्युनिष्ट पार्टी मंगोलियन र भियतनामी कम्युनिस्ट पार्टीलगायत अन्तर्राष्ट्रिय भाइचाराहरूको सहयोग र शुभेच्छा प्रशंसनीय छ । 

 यो.पृथ्वी ग्रहकै सबैभन्दा विशाल पार्टी चिनिया सत्तारुढ सीपीसीको कृपादृष्टिलाई कम्युनिष्ट पार्टीहरूले चन्द्रमा दाहिने भए सरह मँन्छन् । भारतभक्तिमा आकण्ठ डुबेकाहरूले जो चोर उसैको ठूलो स्वर भने झैं कथित लम्पसारवादी खैंजडी बजाएपनि देशभक्त र विकास संवाहक केपी ओली नेतृत्वको यो सरकारले कतै नढल्की, नकोल्टीकन समदूरी र समानताको आधारमा असंलग्नताको मूल्यलाई ‘आत्मसात’ गरेर अगाडि बढिरहेको छ । केही समयपछि जब केपी ओलीको मित्रराष्ट्र चीनको भ्रमण नेपालको हितमा भव्यतापूर्वक सफल हुनेछ, त्यसपछि विश्व समाजवादी शिविरको अगुवाई गर्ने राजनेता, महामहिम चिनिया राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने अनुमान गर्न सकिन्छ । 

  बदलिंदो राजनीतिक परिवेशमा नेपालको सुरक्षा र समृद्धिको निम्ति अर्बाैं डलरको सहयोग चीनबाट प्राप्त हुने अपेक्ष्ाँ नेपाली जनको रहेको छ । त्यसपछि फेसबुके बकम्फुसे प्रोपागाण्डिस्टहरूको रोइलो पानीको फोकाजस्तै फुट्ने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका ओली सरकारविरुद्ध हलाहल विष ओकल्नेहरूलाई त्यो विष पिएर घाँटी जलाउँदै निलकण्ठ हुनेहरूले राम्ररी चिनेका छन् ।

विगतमा नाकाबन्दीको समर्थनमा ‘मधेसी दाजुभाईको जायज आन्दोलन’ भन्दै डुक्रिनेहरूले यसपटक कुम्भकर्ण शैलीको चीरनिन्द्राबाट हठात ब्यूँझिएर सुरुवाल भ्वाङ प¥यो भन्दै संसदमा ध्वनि प्रदुषण फैलाए । वाह्यशक्तिको आवरणमा पश्चिमा मिसन चलाउने रहस्यमय तत्वहरू आफ्नो जातीय, साम्प्रदायिक डलर व्यापारको सटर बन्द हुने भयले सरकारविरुद्ध खनिए । 

  मोदी भ्रमणको अन्तर्राष्ट्रिय आयामलाई छायाँमा पार्नेगरी पश्चिमा हुक्के चिलिमेहरूले सत्यको सुर्याेदयलाई हत्केलाले छेक्ने हदै प्रयास गरे । ट्रान्स प्यासिफिक पार्टनरशीपबाट अमेरिकाले हात झिकेपछि आसियान राष्ट्रहरू कोरिया, जापान, भियतनाम, फिलिपिन्ससँगै भारत पनि आर्थिक मारमा प¥यो ।

रुस र चीनसँग टाढिनुको रणनीतिक घाटा बल्ल उसले बुझ्यो । डोक्लाम प्रकरणमा भारत र चीनलाई युद्धमा झोस्ने अमेरिकी योजना बमोजिम नै अर्बाैं डलरको हतियार अमेरिकाले भारतलाई बेच्यो तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सक्रियतामा चीन–भारत युद्ध ट¥यो र विस्तारै उनीहरू नजिकिए । 

 नेपाल आउनु अगाडि सी–मोदीबीच गम्भीर वार्ता भयो । चीन नेपालमा फ्री तिब्बतवाला पश्चिमा साम्प्रदायिक आइएनजीओको चलखेल बन्द होस् र नेपाल–चीन–भारत त्रिदेशीय सहकार्य बढेर यो क्ष्ँेत्र लाभान्वित हुन सकोस् भन्ने चाहन्छ । सुपर पावरकोरुपमा एसियन सभ्यताको उदयको पक्षमा चीन–रुसले मिहेनत गरेको देखिन्छ । यतिबेला सिन्जो आबे, रेसेप तैयप यर्दाेगान, रोर्डिगेजलगायत मोदीलाई पनि रुस–चीन नेतृत्वको एसियन ब्लकमा इन्गेज गरिएको छ । 

  युद्धरहित शान्त र विकसित एसिया मिसनमा नेपाल जोडिँदा यहाँ पश्चिमा एजेण्डामा नाफा कुम्ल्याउनेरु खुत्रुक्कै परे । त्यसो त मोदी नेपालप्रति दयावन्त भएर नेपालको चौतर्फी हित चिताउँदै यहाँ आए भन्ने भावुक निष्कर्ष निकाल्नु अतिशुयोक्तिपूर्ण हुनेछ । तर, नाकाबन्दीको गल्ती सच्याएर कोर्ष करेक्सन र ड्यामेज कन्ट्रोल गर्ने चाहना मोदीको व्यवहारमा झल्किन्छ । मोदीमन्त्रको कमालले पार्टी एकता टर्छ र फेरि सत्ताको तर मार्न सकिन्छ भन्ने च्याँखे दाउमा रमेका मधेसी दलहरूको सपना यसपटक हुरीले उडायो । 

 अस्थिरताको भुङ्ग्रोमा स्वार्थको रोटी सेक्ने जमाना अब गयो । अब ढुक्कसँग स्थिर कम्युनिस्ट सरकार चल्छ र नेपाल समृद्धि, विकास पथमा लम्किन्छ भन्ने आम जनताको अपेक्षामा अब कुनै हालतमा धोका हँुदैन भन्ने ठोकुवा गर्न सकिन्छ । ठेकी कोसेली बोकेर सत्ता केन्द्रमा धाउनेहरूको सटरमा ताला लाग्नेछ ।

पार्टी एकीकरणमा अध्यक्षद्वय केपी ओली र प्रचण्ड वरिष्ठ नेताहरू पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल, झलनाथ खनालको अमूल्य योगदान छ । नेकपा स्थापनामा नवनियुक्त महासचिव विष्णु पौडेल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ,  ईश्वर पोखरेल, बादल, प्रदीप ज्ञवाली, जनार्दन शर्माहरूको रातदिनको मिहेनतको ‘अमृत फल’ भनेकै नेपाली जनताको सपना साकार हुने २०७५ जेठ ३ गतेको नेकपाको पुनर्जन्म हो भनेर मान्न सकिन्छ ।