🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

मंगलबारे, इलाम, ११ जेठ (रासस) : आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । 

माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले घरायसी वादविवाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बूको हत्या गरेको बताइएको छ । 

 

गएराति खुकुरी प्रहार गरी घाइते बनाइएकी लिम्बूको इलाम अस्पतालमा मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी फरार भएका अभियुक्त मदन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय इलामले आज पक्राउ गरेको हो । घटना भएको स्थान नजिकै लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ ।