🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सत्ता गठबन्धनलाई पछार्दै एमालेका छविलाल विश्वकर्मा : तेस्रो पटक संसद् मा

काठमाडौँ, १० मङ्सिर (रासस) : नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । उहाँले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई तीन हजार पाँच ६४ मतान्तरले पराजित गर्नुभएको हो ।

बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मिनुभएको हो । विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएका उहाँले यस पटक २४ हजार आठ सय ७२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।

निकटतम प्रतिस्पर्धी भुसालले २१ हजार तीन सय आठ मत प्राप्त गर्नुभयो । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

    स्व. चन्द्रबहादुर विश्वकर्मा र गंगाजमुना विश्वकर्माको कोखबाट जन्मिनुभएका विश्वकर्माले २०३७ सालमा नेकपा (माले) बाट आफना् राजनीतिक यात्रा आरम्भ गर्नुभएको हो । उहाँ विसं २०३७ मा अनेरास्ववियु पाँचौँ उपसभापति (बुटवल बहुमुखी क्याम्पस), २०५१ सालमा नेकपा (एमाले) को राष्ट्रिय परिषद् सदस्य र २०५८ सालमा एमालेको वैकल्पिक केन्द्रीय सदस्य बन्नुभएको थियो ।

त्यसैगरी सचिव विश्वकर्मा २०६५ सालमा पार्टीको केन्द्रीय कमिटी तथा पोलिटब्यूरो सदस्य हुँदै २०७५ सालमा स्थायी कमिटी सदस्य बन्नुभएको थियो ।

    विसं २०६४ साल कृषि तथा सहकारीमन्त्री बन्नुभएका विश्वकर्मा २०५१ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य र २०५५ सालमा उपेक्षित, उत्पीडित र दलित वर्गको उत्थान विकास समितिको उपाध्यक्ष बन्नुभएको थियो ।

    आफूलाई सामाजिक न्याय र समानताको पाक्षधर राजनीतिज्ञका रूपमा परिचित गराउन चाहने विश्वकर्माले तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

गीत, लेख, रचनामा विशेष रुचि राख्नुहुने विश्वकर्मा २०६४ सालमा समानुपातिक तर्फबाट एमालेको तर्फबाट संविधानसभा सदस्य चयन हुनुभएको थियो ।
–––