🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुन सफा गर्छु भनि ठगी गर्ने भारतीय नागरिक पक्राउ

लमजुङ, ९ मंसिर । लमजुङ प्रहरीले सुन सफा गर्छु भन्दै सक्कली सुन आफुले लगेर नक्कली सुन फिर्ता दिई ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले सुन सफा गरी तौल कम पारी ठगी गर्ने भारतिय नागरीक बर्ष २४ का बिबेक कुमारलाई बिहीबार जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर.३ खुदीबाट पक्राउ गरेको हो ।

विवेकले मस्र्याङदी गाउँपालिका ३ खूदी स्थित सुनको गरगहना सफा गरी चम्कने बनाईदिन्छु भनी विश्वासमा पारी स्थानिय ३ जना महिलाहरुले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाई बिभिन्न रासायनिक पदार्थको प्रयोगबाट ठगी गरेको उजुरी आएपछि विवेकलाई पक्राउ गरीएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

 पक्राउ परेका भारतिय नागरीक बिबेक कुमारलाई लमजुङ जिल्ला अदालतबाट बिहीबारदेखि लागु हुने गरी दिन ७ को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

न्युज कारखाना