🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

नयाँ दिल्ली । पश्चिमी भारतीय सहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो ।

सहरमा बुधवार सम्म यस वर्ष २३३ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो । गत वर्ष दादुराबाट दुई जनाको मृत्यु भएको थियो । 

अधिकारीहरू भन्छन् कि कोभिड महामारीबीच सुस्त खोप अभियानले दादुरा संक्रमणलाई ठूलो बढावा दिएको छ । दादुरा अत्यधिक संक्रामक मानिन्छ । विज्ञहरूका अनुसार यसले पाँच वर्ष मुनिका बालबालिकाहरूमा कोभिड १९ ले भन्दा बढी गम्भीर जटिलताहरू निम्त्याउन सक्छ ।