🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चार दिनपछि आज सेयर बजार खुल्दै

काठमाडौं, ६ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका कारण चार दिनदेखि बन्द रहेको सेयर आज मगलबार खुल्ने भएको छ । चुनावी परिणाम आउँदै गर्दा खुल्ने सेयर बजारले दिने परिणामसँगै सेयर बजारको प्रवृत्तिबारे सर्वसाधारणको चासो छ ।

निर्वाचनअघि सेयर बजार नेप्से परिसुचकमा बढ्दो प्रवृत्ति देखिएको थियो । चुनावपछि पनि त्यहीँ प्रवृत्तिले निरन्तरता पाउने आधार बलिया देखिन्छन् ।

विश्व बजारमै एउटा भाष्य छ, वामपन्थी नेतृत्व सेयर बजार प्रति उदार हुँदैनन् । नेपालमा पनि विगतमा सेयर बजारले त्यस्तै प्रवृत्ति देखाउँदै आइरहेको छ ।  ०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिको सेयर बजारमा नेप्से घट्ने प्रवृत्ति देखिएको थियो ।

तत्कालीन समयमा  वामपन्थी दलहरुको सरकार बन्ने देखिएपछि लगानीकर्ताको मनोबल कमजोर भई नेप्से खस्किएको टिप्पणी गरिएको थियो ।

तर, यसपालीको मतपरिणाम भने फरक देखिने आकलन भइरहँदा सेयर बजारले कस्तो प्रतिक्रिया देखाउला भने आमचासोको विषय बनेको छ । प्रारम्भिक मतपरिणामलाई आधार लिने हो भने स‌‌सदमा कुनै पनि दलको बहुमत नपुग्ने र सरकार अस्थिर रहने सम्भावना रहेको विश्लेषकको आकलन छ ।

जुन सेयर बजारका लागि निकै नकारात्मक पक्ष हो । अस्थिर सरकार रहँदा आर्थिक गतिविधिले भन्दा राजनीतिक सक्रमण बढ्ने जोखिमका कारण बजार बढ्दै जानेमा लगानीकर्ता सशकित छन् ।

तर, निर्वाचनपछि बजारमा पैसाको आपुर्ति बढ्ने र तरलता सहज बन्दै गएमा बैकको ब्याजदर घट्ने हुँदा यसले अल्पकालीन रुपमा सेयर बजारलाई बढाउन सघाउ पुर्‍याउने आकलन गरिएको छ ।

त्यसबाहेक अहिले कर्जाको ब्याजदर बढेर उद्योगव्यवसायमा मन्दी आइरहेको समयमा नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत निजी क्षेत्रका माग सम्बोधन गर्न कस्तो नीति लिन्छ भनेर लगानीकर्ता केही समयका लागि पर्ख र हेरको स्थितिमा बस्ने पनि आकलन गरिएको छ ।

सेयर बजार गत बिहीबार २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको थियो । त्यसयता आज सेयर बजारको पहिलो कारोबार हुन लागेको हो ।

न्युज कारखाना