🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कञ्चनपुरका दुई क्षेत्रमा कांग्रेस र एकमा एमाले अगाडि

दोधारा चाँदनी, ६ मङ्सिर (रासस) : तीन प्रतिनिधिसभा क्षेत्र रहेकोे कञ्चनपुरका दुई क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेकपा (एमाले)ले अग्रता लिएको छ ।
    

    कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता कायम राख्नुभएको छ । तीन हजार ८०१ मत गणना हुँदा तामाङले एक हजार ४३९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरले ८६६ मत प्राप्त गर्नुभएको छ ।

    कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता कायम राख्नुभएको छ । तीन हजार दुई सय मत गणना हुँदा साउदले एक हजार तीन सय २७ मत प्राप्त गनुभएको छ भने प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले एक हजार दुई सय नौ मत प्राप्त गर्नुभएको छ ।

    त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा नौ हजार ४४१ मत गणना हुँदा नेपाली कांग्रेसका रमेश लेखक चार हजार आठ सय ५९ मतसहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका निरु पालले दुई हजार छ सय ७९ मतसहित लेखकलाई पछ्याइरहनुभएको छ ।—