🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भैरहवामा मतपेटिका आउने क्रम जारी, रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा मतगणना हुने

भैरहवा, ४ मंसिर । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा मतपेटिका ल्याउने क्रम जारी छ । ३६ वटा वडा रहेकाे याे क्षेत्रमा ४६ वटा मतदान स्थलका १४६ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ ।

\"\"

मतपेटिका सहित बचेका मतपत्र र अन्य निर्वाचन सामाग्री हरुपनि मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयमा बुझाउने क्रम जारी छ । मतपेटिका बुझे पछि सर्वदलिय बैठकले मतगणनाकाे निधाे गर्नेछ ।

१ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकाे निर्वाचन क्षेत्र नम्बर ३ मा करिब ६६ प्रतिशत मत खसेकाे प्रारम्भिक तथ्यांकले देखाएकाे छ । मतपेटिका बुझेपछि यकिन डाटा सफ्टवेयरमा प्रविष्ट हुन्छ त्यसलगत्तै  मात्रै  यकिन तथ्यांक आउँछ । याे क्षेत्रबाट मात्रै ५ सय ८४ मतपेटीका संकलन हुनछ । अझै पनि मतपेटिका आउने क्रम जारी छ । रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा मतगणना हुन्छ । 

न्युज कारखाना