🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भेडिया बजारमा आगलागी, चार घर जलेर नष्ट

लहान, ९ जेठ : सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् । 

स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा उनले सञ्चालन गरेको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, सोही आगलागीमा परी स्थानीय हृदयनारायण चौधरीका पनि दुईवटा घर जलेर नष्ट भएका छन् । 

आगलागीबाट औषधि पसलमा भएका सम्पूर्ण सामान, केही नगद, घरमा भएको खाद्यान्न, फर्निचर र लत्ताकपडासमेत जलेर नष्ट हुँदा करीब रु ४० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

वारुणयन्त्र, प्रहरी र स्थानीयको अथक प्रयासमा बिहान ६ बजेतिर आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगलागी के कारणले भएको भन्ने खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयको आशंका छ । रासस