🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

समाजसेवाको बहानामा क्रिश्चियनले नेपाल तथा भारतका विभिन्न क्षेत्रमा शोषणको अभियान चलायो –शंकराचार्य सरस्वती

पर्सा, ९ जेठ : गोवद्र्धन मठ, पुरीका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले महायन्त्रको आविस्कार तथा प्रयोगकै कारण पूरै विश्व जोखिममा परेको बताएका छन् । 

उनले महायन्त्रको आविस्कारले विश्वयुद्धको आशंका उत्पन्न हुनुका साथै विश्वभरि असुरक्षा, आर्थिक अभाव, सामाजिक संकट, प्राकृतिक विपद् देखा परेको जानकारी दिए ।

वीरगञ्जमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य सरस्वतीले सनातन सिद्धान्तको आधारमा हुने विकासले मात्र मानवताको रक्षा गर्नुका साथै असली सुख समृद्धि प्रदान गर्न सकिने विचार व्यक्त गरे । उनले सनातन धर्मको सिद्धान्तविपरीत विकासको नाममा विनासतर्फ जाँदै सरकारहरु महायन्त्र निर्माणको होडमा लागेको र यो मानवताका लागि सही संकेत नभएको प्रस्ट पारे ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य निश्चलानन्द सरस्वतीले समाजसेवाको बहानामा क्रिश्चियनले नेपाल तथा भारतका विभिन्न क्षेत्रमा गराइरहेको धर्मपरिवर्तन सेवा नभई शोषणको अभियान भएको दाबी गरेका छन् । 

सेवा भावनाले सेवा गरेपछि त्यसको समाजमा सुप्रभाव पर्छ तर, क्रिश्चियनले सेवा तथा उपासनाको नाममा आफूतर्फ आकर्षित गरी हिन्दूलाई अल्पसंख्यक बनाउने कार्य गरिरहेको बताउँदै शंकराचार्यले मानव अधिकारको सीमामा क्रिश्चियनको यो अभियान घातक रहेको र धर्मपरिवर्तनको अभियान उनीहरुकै लागि पनि भविष्यमा अभिशाप सिद्ध हुने दावी गरे ।

सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै शंकराचार्य सरस्वतीले जुन कुराले नेपालबाट राजतन्त्रको अन्त्य गर्यो त्यो तथ्यलाई पत्ता लगाई जनताको आकांक्षाअनुसार शासन सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको जानकारी दिए । 

उनले काठमाडौँमा भेट हुँदा प्रधानमन्त्री ओलीलाई जनताको हितमा काम गर्न सुझाव दिएको र बारामा पूर्वराजा ज्ञानेन्द्र्र शाहसँग भेट्दा पनि सोही सल्लाह दिएको बताए । रासस