🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रचण्डको बालेन सपना भताभुङ्ग !

काठमाडौं । माओवादी केन्द्रले काठमाडौंको जनमत बढाउनका लागि धेरै सीटमा दावी गरेको थियो । काठमाडौंको शहरी जनमत माओवादीको पक्षमा नदेखिएपछि त्यसलाई आकर्षित गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालेन शाहको जस्तै सेन्टिमेन्ट ल्याउने गरी उम्मेदवार उठाउने बताएका थिए । काठमाडौंको हकमा त्यस्तो हुन सकेन । बरु, चितनवमा प्रचण्डले डाक्टर भोजराज अधिकारीलाई उम्मेदवार बनाएर नयाँ सन्देश दिन खोजेको बताईयो । प्रचण्डले भनेअनुसार निर्णय भईदिएको भए काठमाडौंमा कुलमान घिसिङ, गुल्मी  लीलामणि पौडेल चितवनमा भोजराज अधिकारीलगायतका धेरै मानिस माओवादीको उम्मेदवार हुने थिए । गुल्मीमा माओवादीले कोटा नै पाएन त्यसकारणले पौडेल उम्मेदवार बन्ने संभावनानै भएन । 

यता काठमाडौंमा भने घिसिङको प्रयासलाई माओवादीभित्रैबाट चलखेल गरिएको माओवादी स्रोतको दावी छ । स्रोतका अनुसार, माओवादीले सुरुमा काठमाडौं २ भन्दा पनि काठमाडौं ३ दाबी गरेको थियो । तर, गठबन्धनभित्र जब जिल्ला र निर्वाचन क्षेत्रगत दावीहरु हुन थाले त्यतिबेला माओवादीले काठमाडौं–  ३ दह्रोसँग दावी गरेन । बरु, काठमाडांै २ मा दावी गर्न थाल्यो । यो दावी प्रचण्डले भन्दा पनि वर्षमान पुनले गरेका थिए । पुन कार्यदलको सदस्य पनि थिए । महासचिव देव गुरुङ र पुन कार्यदलमा थिए । पुनले काठमाडौं २ दावी गरेपछि गुरुङले केही बोल्न सकेनन् । 
 माओवादी स्रोतका अनुुसार, काठमाडौं–३ दावी गर्दा कुलमान घिसिङ उम्मेदवार हुने संभावना थियो । माओवादीका स्थानीय नेताहरुले यो माग गरेका थिए र घिसिङ पनि सहमत थिए ।

पछिल्ला दिनमा घिसिङले पनि प्रचण्डसँग त्यही कुरा गरेका थिए । जोरपाटी क्षेत्रमा घिसिङको घर भएकोले यो क्षेत्र उनका लागि दावी पनि थियो । तर, घिसिङलाई रोक्न पुनले क्षेत्र २ दावी गरेको माओवादी नेताहरुले दावी गरेको छ । स्रोतको दावी अनुसार काठमाडौं क्षेत्र नम्बर ३ छोडेर क्षेत्र नम्बर २ मा दावी गर्दा घिसिङ रोकिने भएपछि पुनले चतुु¥याँई गरेको बताइन्छ । पहिला पनि प्रचण्डले  दबाब दिँदा पनि पुनले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको  कार्यकारी निर्देशकमा दोहो¥याउन मानेका थिएनन् ।

पुन उर्जा मन्त्री हुँदा घिसिङलाई नदोहो¥याउनुको खास कारण प्रष्ट नभएपनि अहिले पनि घिसिङलाई रोकेर आफ्नो श्रीमती ओनसरी घर्तिलाई उम्मेदवार बनाउन पुनले यस्तो चलाखी गरेको टिप्पणी भइरहेको छ । माओवादी नेताहरुले  पनि पुनको यो चलखेलबाट प्रचण्डसमेत सचेत नभएको भन्दै आक्रोशित पनि भएका छन् ।