🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्रिकेटर शक्ति गौचनद्वारा जुनियर स्टार क्रिकेट लिग

भैरहवा । क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बुधबारदेखि रुपन्देहीमा जुनियर स्टार क्रिकेट लिग २०७९ गर्ने भएकाे छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको गौचनले बताए ।

देवदहस्थित क्रिकेट मैदानमा हुने कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । रुपन्देही क्रिकेट खेलको उवर्भरभूमि भएको दाबी गर्दै उनले लामो समयको तयारी गरी खेलाडी छनाेट पूरा गरी टिम तयार गरेको बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको पुरस्कार तथा स्थानीय विद्यालयबाट खेलाडीको ड्रेस सहयोग भएको उनले बताए । स्थानीय पालिकाबाट प्रत्येक टिमको २० खेलाडी छनाेट गरेको उनकाे भनाइ छ । ४० ओभरको खेलमा खेलाडीहरू आफ्नो ब्याटिङ र बलिङको प्रदर्शन गर्ने राम्रो अवसर पाउने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी विद्यागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाइटन्स, बुटवल युनाइटेड, देवदह ड्रागन र जिबीआईसिए सैनामैना गरी ६ टिम बीचमा खेल हुनेछन् । बुधबार उद्घाटन खेलमा देवदह ड्रागन र जिबिआईसिए सैनामैना खेल्ने छन । प्रतियोगिताको अनुमानित खर्च पाँच लाख रुपैयाँ रहेको उनले बताए ।