🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चीनमा लकडाउनको विरोधमा हिन्दी गीत जिमी जिमी भाइरल

बेइजिङ, १६ कात्तिक : चीनमा अहिले कोभिड–१९ बाट जनता जोगाउनका लागि कडा लकडाउन अपनाइएको छ । सरकारको लकडाउन नीतिप्रति स्थानीयले कडा विरोध गरिरहेका छन् । चीनका जनताले लकडाउनको विरोध गर्न फरक शैली अपनाएका छन् ।

उनीहरु सन् ८० को दशकमा भारतीय अभिनेता मिथुन चक्रवर्तीको अभिनय रहेको फिल्म ‘डिस्को डान्सर’ मा बप्पी लाहिडीले गाएको हिट गीत ‘जिमी–जिमी’ मा लिप्सिङ गरेर सरकारको विरोध गरिरहेका छन् ।

कैयौं चिनियाँ एप टिकटक र अन्य सामाजिक सञ्जालमा मानिसहरुले लिप्सिङको भिडियो बनाएर लकडाउनको विरोध गरिरहेका छन् । बप्पीको लेखन र पावर्ती खानले गाएको यो हिट गीतलाई चीनमा मन्दारिनमा भर्सन गरिएको छ । जसमा मानिसहरु ‘जिए मि, जिए मि’ भन्दै गाइरहेका छन् ।

यसको चिनियाँ अर्थ ‘मलाई चामल देउ, मलाई चामल देउ’ (Jie mi, jie mi," which translates to "Give me rice, give me rice.” ) हो । भिडियोमा मानिसहरु घर–घरमा खाली भाँडाकुडा देखाइरहेका छन् । लकडाउनका कारण मानिसहरुले अत्यावश्यक खानेकुराको जोहो गर्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा सरकारले देशका २०० बढी स्थानमा कडा लकडाउन लगाएको छ ।