🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सविधान सशोधन विधेयक संसदद्वारा अस्वीकार

टंक पन्त
काठमाडौं । सरकारले  सत्ता स्वार्थका लागि संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक २०७४ भदौ ५ गते अस्वीकृत भएको छ । केही मधेशी दलको माग पूरा गर्ने बहानामा नेपाली कांग्रेस र माओवादी सहितका दलहरुको पहलमा गत एक बर्ष अगाडि संसदमा पेश भएको सविधान संशोधन दोस्रो विधेयकमाथि चार दिनदेखि संसदमा छलफल भै सोमबार संसदमा निर्णयार्थ पेश गरिएको थियो ।
सरकारले  पारित गरियोस् भनी राखेको सविधान सशोधन विधेयकको पक्षमा दुइतिहाइ मत नपुगेपछि सभामुख ओनसरी घर्तीले विधेयक अस्वीकृत भएको घोषणा गरेकी थिइन । सविधान सशोधन विधेयक अस्वीकृत भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  सरकारमाथि गंभीर नैतिक प्रश्न उत्पन्न भएको जनाएको छ ।
संविधान सशोधन गर्न सभासदको कायम रहेको सख्याको दुइतिहाइ आबश्यक पर्ने हुन्छ तर ५९२ जना  सभासदमा दुइ तिहाइ पुग्न ३९४ मतको आवश्यक थियो । तर, संविधान संशोधनको पक्षमा ३४७ मत परेको थियो भने विपक्षमा २०६ मत परेको छ । सविधान संशोधनको पक्षमा  नेपाली काग्रेस,  नेकपा माओवादी केन्द्र , फोरम, राजपा, फोरम लोकतान्त्रिक, सघीय समाजबादी फोरम, नेकपा संयुक्त सहित एक दुइसिटे प्रेमबहादुर सिंह सहितका पार्टीले मतदान गरेका थिए ।
संविधान संशोधनको विपक्षमा नेकपा एमाले, राष्टिय जनमोर्चा, नेमकिपा, मधेश समाजवादी, बहुजन पार्टी, बौद्धिक जन शक्ति र राप्रपा  कमल थापा पक्षका सभासदले मतदान गरेका थिए । राप्रपा राणा पक्षमा सभासदहरु भने संसदमा उपस्थित नै भएका थिएनन् ।  नेकपा मालेले संविधान सशोधन विधेयकको पक्ष विपक्षमा  भाग नलिई मतदान गर्ने समयमा बहिष्कार गरेको थियो ।
हल कायम रहेको सभासदको संख्या ५९२ भएपनि मतदानमा सहभागी  हुनेको संख्या ५ सय ५३ मात्र थियो । परिवार दल पनि मतदानमा सहभागी भएन ।
सविधान जारी  गरी पारित गर्ने अन्तिम समयमा सहभागी नभएका तराइ केन्द्रित केही दल पनि संविधान सशोधनको विधेयकको पक्षमा मतदानमा सहभागी भएपछि  यो संविधान अब सर्वसम्मत भएको नेकपा एमाले संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वा¨ले बताएका छन् । उनले संविधान संशोधन विधेयकलाई फेल गर्ने गराउनेभन्दा विशेष समितिमा लगेर सबैलाई मान्य हुने ल्याउन आपूmहरुले गत बर्षदेखि नै प्रस्ताव गरेको तर  सरकारको हठका कारण जनविरोधी संशोधन विधेयक संसदमा जवर्जस्ती पेश गरियो र जनताका प्रतिनिधिले अस्वीकार गर्नुथियो, गरेरै छाडे भन्ने पं्रतिक्रिया दिएका छन् ।
संविधान सशोधन विधेयकमाथि मतदान भएर परिणाम सुनाउदा २०७४ भदौ ५ गते सा“झ ८ बजेको थियो । जब सभामुख घर्तीद्वारा संबिधान संशोधन विधेयक अस्वीकृत भएको घोषणा भयो त्यसबेला प्रतिपक्षी सभासदहरुले निकैबेर टेबुल ठोकेका थिए भने  प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुहार  कालोनिलो भएको सभासदहरुले बताएका छन् ।