🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लमजुङमा हतियार बुझाउन अटेरी

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी हतियार बुझाउन चेतावनी दिए पनि हतियारवालाहरूले अटेरी गरेका छन् ।

असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन अल्टिमेटम दिए पनि हालसम्म ३७ वटा मात्रै हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

लमजुङमा दर्तावाला मात्रै १ हजारभन्दा बढी हतियार छन् । तर, आफूसँग भएको हतियार प्रहरी प्रशासनमा बुझाउन हतियारधनीले तत्परता देखाएका छैनन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रका अनुसार हालसम्म ३७ थान मात्रै हतियार हतियारधनीले बुझाएका छन् ।

स्थानीय तह निर्वाचनमा पनि प्रशासनले हतियार बुझाउन सूचना जारी गरेको थियो । र उक्त समयमा ३७ वटामात्रै हतियार बुझाएको मिश्रले बताए ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका इजाजतप्राप्त हात हतियारहरू निर्वाचनपछि फिर्ता हुने गरी २०७९ कात्तिक ५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइमा बुझाउन हतियार धनीहरूलाई अनुरोध गरेको थियो ।

तोकिएको समयभित्र हातहतियार नबुझाएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो । तर, नागरिकले भने प्रशासनको सूचनालाई अटेरी गरी हतियार बुझाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रकाश श्रीमलले प्रशासनको सूचनालाई आधार मानी छिटोभन्दा छिटो हतियार बुझाउनुको विकल्प नरहेको बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा १ हजार १ सय ९ वटा दर्तावाला हतियार (बन्दुक) छन् । यसमा हावादारी बन्दुक ६ वटा छन् । बाँकी १ हजार १ सय ३ मध्ये भरुवा ६ सय १९ र बृजलोडिङ ४ सय ८४ छन् । भरुवा बन्दुक १ सय ८५ वटा नवीकरण भएका छैनन् । बृजलोडिङ १ सय २१ वटा नवीकरण भएका छैनन् ।