🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुक्तिनाथ विकास बैंकको खुद नाफा साँढे एघार प्रतिशतले घट्याे

काठमाडौं, ११ कात्तिक :  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको खुद नाफासँगै प्रति सेयर आम्दानी प्रभावित भएको छ । एक वर्षको अवधिमा बैंकको खुद नाफा ११.०५ प्रतिशत ले घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

यसअवधिसम्म सञ्चालन नाफा ११.०५ प्रतिशत ले घटेर ४३ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष सो नाफा ४९ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।  गत वर्ष १७ करोड ४८ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष बढेर २५ करोड १ लाख  रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने २२.२४ प्रतिशतले बढेर १ अर्ब २ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ८१ करोड ४७ लाख रुपैयाँ रहेको छ ।  यसको जगेडा कोषमा १ अर्ब ९५ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको चौथो त्रैमासमा बैंकको जगेडा कोषमा १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ रहेको थियो । यसको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ छ ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसाले घटेर २१ रुपैयाँ ७४ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५८ पैसा छ ।
न्युज कारखाना