🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निफ्राको नाफा ५६ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, ९ कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको भन्दा ५६.४६ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीले २४ करोड २० लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिमा सञ्चालन नाफा ५६.४७ प्रतिशत ले बढेर ५४ करोड नौ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा उसले ३४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी पनि ५८.६१ प्रतिशतले बढेर ६५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएकाले यसको खुद नाफा पनि बढेको हो । साथै, कम्पनीको इम्पेरिमेन्ट चार्ज भने घटेको छ । बैंकको वितरणयोग्य नाफा १९ करोड ६ लाख रुपैयाँबाट बढेर २९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा दुई अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यही अवधिमा कम्पनीको जगेडामा दुई अर्ब ६४ करोड ३७ लाख रुपैयाँ जम्मा थियो ।
 

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ १७ पैसाले बढेर ७ रुपैयाँ १ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७८ पैसा छ ।

न्युज कारखाना