🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक पदार्थको ओसारप्रसारमा रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ ।

चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताउनुभयो ।

उहाँले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताउनुभयो । प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
–––