🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवौँ राष्ट्रिय खेलकुद : कुस्ती र सेपाताक्रो शनिबारदेखि

कावासोती । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि यहाँ सुरु हुने कुस्ती र सेपाताक्रोको सबै तयारी पूरा भएको छ । कावासोतीस्थित रहेको योङ्ग स्टार क्लबको कर्भडहलमा सेपाताक्रो र कुस्तिथारु राष्ट्रिय सङ्ग्रहालय डन्डाको सभाहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ ।     

खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साज सज्जादेखि खेलाडी, प्राविधिकलाई आवाससम्मको प्रबन्ध भइसकेको नेपाल सेपाताक्रोका केन्द्रीय अध्यक्ष एवम् सेपाताक्रो खेल संयोजक नेत्र गुुरुङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बिहान ७ बजे विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिनेछ । 

प्रतियोगिता व्यवस्थापनका लागि जिल्ला खेलकुद विकास समिति नवलपुरका सदस्य व्यवस्थाकीय तयारीका काममा सक्रिय हुनुहुन्छ । कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा कुस्तीतर्फ पुरुष ९१ र महिला ६९ गरी एक सय ६० जना  र  सेपाताक्रोतर्फ ९८  जना खेलाडीले भाग लिनेछन् ।     

महिला र पुरुषको फरकफरक तीन वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली,  सुदूरपश्चिम र नेपाली सेनाका टिमले भागलिने छन् भने कुस्तीतर्फ सात वटा प्रदेश र तीन वटा विभागीय टिम नेपाली सेना, नेपालप्रहरी र सशस्त्र प्रहरीको टिमले भागलिने छ्न् ।

अधिकांश टिमका खेलाडी र प्राविधिक बिहीबार नै जिल्लामा आइसकेको प्रतियोगिता व्यवस्थापन समितिले जनाएको छ ।–––