🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सफारी चालककाे हत्याको आरोपमा २ जना अटो चालक पक्राउ

सुनसरी, २०७९ असोज २६ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-५ सिमरवनाका सिटी सफारी चालक ३८ बर्षीय भुवने चौधरीको हत्यामा संग्लग्न रहेका २ जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी-५ का ४३ बर्षीय राम कुमार भुजेल र ईटहरी-६ का २७ बर्षीय बेदप्रकाश मण्डल रहेका छन् ।

पक्राउ परेका मध्ये भुजेल र मृतक चौधरीको ज्वाई जेठानको नाता रहेको र हत्या हुनु एक दिन अगाडी घरायशी बिबाद भई टोलका स्थानीयहरु बसी छलफल समेत भएता पनि सोही रिसईबिका कारण असोज २२ गते भुजेलले आफ्नै अटोमा बोकेर ल्याएको धारिलो हतियारले ईटहरीको नेशनल गल्ली छेउमा चौधरीलाई प्रहार गर्दा चौधरीको बायाँ हात छिनेको थियो ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी धरान पठाए तापनि उपचारको क्रममा चौधरीको मृत्यु भएको थियो ।

घटना पश्चात तत्काल फरार रहेका भुजेललाई खोजतलासको लागी खटिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT टोली, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले भुजेललाई बिराटनगरको रानी एरियाबाट पक्राउ गरेको हो ।

भुजेललाई पक्राउ गरेसंगै भगाउन सहयोग गर्ने अर्का अटो चालक मण्डललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।