🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाकिस्तानद्वारा अमेरिकी कूटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध : विदेश मन्त्रालय

इश्लामावाद, पाकिस्तान, २९  वैशाख (रासस/सिन्ह्वा) : अमेरिकी कूटनीतिज्ञलाई पाकिस्तान भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयले बैशाख २८ गते शुक्रबार जनाएको छ । 

अमेरिकाले पनि पाकिस्तानमाथि यसै प्रकारको प्रतिबन्धको घोषणा गरिसकेको छ । 

पाकिस्तान र अमेरिकाबीच एक अर्काका कूटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध लगाउने अवस्थाको शुरूवात पाकिस्तानका लागि अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हलद्वारा चलाएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्युका कारण भएको हो । हल अमेरिकी राजदूतावासका रक्षा तथा वायुसेनासँग आवद्धता रहेका अधिकारी हुन्  । 

पाकिस्तानले बैशाख २७ गते बिहीबार आफ्ना अमेरिकामा रहेका कूटनीतिज्ञमाथि यही मे ११ देखि लागू  हुनेगरी यात्रा गर्न प्रतिबन्ध लगाइएको पुष्टि गरेको थियो । 

अमेरिकाले पहिले मे १ बाट लागु हुनेगरी पाकिस्तानमाथि प्रतिबन्ध लगाउने योजना ल्याउन लागेकोमा यसलाई १० दिन पछि सारेको थियो । 

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसललाई के कूटनीतिज्ञमाथि यात्रामा लगाइएको प्रतिबन्ध शनिबारदेखि नै लागु हुनेछन् भनी गरिएको प्रश्नमा भने, “यात्रमा प्रतिबन्ध मे ११ देखि नै लागू गरिने छ । तर यस बिषयको समाधानका लागि दुबै पक्षबीच वार्ता भइरहेका छन् ।” 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इश्लामावादमाथि गत जनवरीमा आतङ्कवाद नियन्त्रण गर्ने प्रतिवद्धता विपरीत आतङ्कवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको बताएका  थिए  । पछि वासिङ्टनबाट पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्का भएको थियो । 
–––