🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

  अरुण तेस्रो आयोजना प्रभावितलाई सुविधा देउ

संखुवासभा, २९  वैशाख (रासस) : नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँमा संयुक्तरुपमा शिलान्याश गरेसँगै यहाँ एक कार्यक्रमको आयोजना गरिएको छ । 

नुम, फाक्सिन्दामा आयोजित सभालाई संखुवासभाका संघीय सांसद राजेन्द्रप्रसाद गौतमले सम्बोधन गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई पिडिएमा उल्लिखित सेवासुविधा उपलब्ध गराउन सतलज कम्पनीलाई आग्रह गरेका छन्  । 

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार शाक्य, प्रदेशसभाका सदस्य पूर्णकुमार राई, तुलसीप्रसाद न्यौपाने, पदमकुमारी गुरुङ, पूर्वसांसद वेदमाया भण्डारी, पूर्वमन्त्री तारामान गुरुङ, पूर्वराज्यमन्त्री दीपक खड्कालगायतले आयोजना तोकिएको समयअगावै सम्पन्न गर्न आग्रह गरेका  थिए । आयोजना सम्पन्न भएको २५ वर्षभित्र नेपाललाई रु ३४० अर्ब फाइदा हुने र २५ वर्षपछि आयोजना नेपालको स्वामित्वमा आउने आयोजना प्रमुख सतीशकुमार शर्माले बताए  ।