🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्णालीमा बाढीपहिराेकाे कहर : ३३ काे मृत्यु, २२ बेपत्ता, ४८० परिवार विस्तावित  

सुर्खेत। कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो ।

सबैभन्दा धेरै जुम्लामा नाै जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार मुगुमा आठ जना, कालिकोट र हुम्लामा ४-४ जना, जाजरकोटमा तीन जनाको मृत्यु भएको छ ।

डोल्पा र सल्यानमा २-२ जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

२२ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी  जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । बेपत्ता हुनेहरूमा सबैभन्दा धेरै कालिकोटमा एक प्रहरी जवानसहित २० जना छन भने जुम्लाका दुई जना र दैलेखका एक जना छन् ।

यसैबीच, बाढीपहिरोमा परि प्रदेशभर २१ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सात जना छन् भने मुगु र हुम्लाका ५-५ जना घाइते भएका छन् । यसैगरी, जुम्लाका दुई, रुकुम पश्चिमका एक जना र जाजरकोटका एक जना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सयौं घरपरिवार विस्तावित

लतारको बर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० परिवार विस्तावित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन परिवार विस्तावित भएका छन् ।

यस्तै, मुगुका एक सय ७८ घरपरिवार विस्तापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नाै, सुर्खेतका आठ परिवार विस्तावित भएका हुन् । यसैगरी, डोल्पाका चार घरपरिवार विस्तावित हुँदा जाजरकोट र रुकुम पश्चिमका २-२ घरपरिवार विस्तावित भएका छन् ।

प्रभावित जिल्लाहरूमा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मी परिचालन गरी उद्दार र राहत वितरण भइरहेको प्रवक्ता श्रेष्ठले बताए । घाइतेहरूको उद्दारको लागि हेलिकाेप्टर परिचालन भइरहेको जनाइएको छ ।