🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताउनुभएको छ ।विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक सङ्कटमा परेको उल्लेख गर्दै उहाँले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताउनुभयो ।

    आजदेखि यहाँ सुरु भएको ग्रीन हाइड्रोजन समिटलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि पनि अब विकल्पको खोजी भएको बताउनुभयो । अर्थमन्त्रीले बिजुली बिक्री भएन भनेर अब चिन्ता गर्नु नपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै त्यसैको उपयोग गरेर देशभित्रै थप अवसरको खोजी गर्न सकिने बताउनुभयो ।

    आफूले चालु आर्थिक वर्षको बजेटमा नै हाइड्रोजन र एमोनियाका बारेमा उल्लेख गरेको उहाँले जानकारी दिनुभयो । उहाँले कोइलाको स्थानमा ग्रीन हाइड्रोजनको प्रयोग गर्न सकिने र यसमा थप लगानी गर्दै काम प्रारम्भ गर्ने अवसर आएको स्पष्ट पार्नुभयो ।

    नेपालले अब विद्युत् बिक्री गर्नु नपर्ने बरु हाइड्रोजन र एमोनिया बनाएर बिक्री गर्न सकिने  उहाँले उल्लेख गर्दै उहाँले यसमा लगानीको विस्तार, प्रविधिको खोज गर्ने बेला आएको बताउनुभयो । पेट्रोलियम पदार्थको विकल्पका रुपमा मात्रै ग्रीन हाइड्रोजनलाई प्रयोग गर्न सकियो भने पनि ठूलो मात्रामा व्यापार घाटा कम गर्न सकिने अर्थमन्त्रीको भनाइ छ । उहाँले समिटबाट प्राप्त हुने सुझावलाई सरकारले ग्रहण गर्ने र नीति निर्माणको तहमा समावेश गर्ने विश्वास दिलाउनुभयो ।

    उहाँले नेपालमा यससम्बन्धी कामको थालती गर्ने गरी काम अगाडि बढाउन आग्रह गर्दै त्यसका लागि सरकारको तर्फबाट विशेष सहयोग रहने बताउनुभयो । विश्वभर नै ग्रीन हाइड्रोजनका बारेमा छलफल मात्रै शुरु नभई लगानी र ऊर्जाको वैकल्पिक स्रोतका रुपमा उपयोग हुन थालेको तथ्य पेश गर्दै उहाँले यसमा प्रक्रिया अगाडि बढाउन ढिला भइसकेको उल्लेख गर्नुभयो । उहाँले सरकारको तर्फबाट यस कार्यका लागि महत्वपूर्ण सहयोग रहने र केही कठिनाइ भए प्रधानमन्त्रीसँग छलफल गरेरै भए पनि गाँठो फुकाउने विश्वास दिलाउनुभयो ।