🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 फरार अभियुक्त  महादेव तीन वर्षपछि पक्राउ

बनियानी, ११ मङ्सिर (रासस) : अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका झापाको गौरादह–१ का ३० वर्षीय महादेव राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राजवंशीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले २०७३ माघ १० गते १० वर्ष कैद र रु ५० हजार जरिवाना तोकेका थियो । फैसला कार्यान्वयन टोलीले राजवंशीलाई पक्राउ गरी जिल्ला अदालत झापामा पेश गरेर कैद भुक्तानका लागि सोमबार कारगार चलान गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिए  । 

बहुविवाह गर्ने दुई जना पक्राउ 

प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ का ३० वर्षीया ३० मेनका मुर्मू र सोही ठाउँका ३१ वर्षीय दिवु मुर्मू रहेका छन् । जिल्ला अदालत झापाले मेनका र दिवुलाई बहुविवाह मुद्दामा २०६७ मङ्सिर १६ गते एक÷एक वर्ष कैद र रु पाँच÷पाँच हजार जरिवाना तोकेको थियो । उनीहरुलाई सोमबार कारागार चलान गरिएको छ ।