🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गाडी आगजनी गरेको आशंकामा चार पक्राउ

मंगलबारे, इलाम, २५ वैशाख (रासस) : गाडीमा आगजनी गरेको आशंकामा इलाम प्रहरीले चारजनालाई पक्राउ गरेको छ । 

प्रहरीले इलाम नगरपालिका–३ जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३ पूवामझुवाका समिर भन्ने सञ्जीवकुमार राईलाई सोमबार पक्राउ गरेको हो । 

मेची राजमार्गको इलाम पूवाखोला सडकखण्डमा गत वैशाख २२ गते गाडीमा आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ इलामका प्रहरी उपरीक्षक विपीनकुमार कर्माचार्यले जानकारी दिए । 

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको दिन गाडीमा आगजनी भएको थियो । पक्राउ परेका उनीहरुको साथबाट चन्दा रसिद, पार्टीका विभिन्न पर्चालगायतका सामग्रीसमेत बरामद गरिएको बताइएको छ । 

बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको (पिकअप) मा आगजनी भएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीको भनाइ छ ।