काठमाडौं । नेपालमा फ्री तिब्बतका अभियन्ताहरूले ६ हजारको संख्यामा अर्धसैनिक गुरिल्लाहरू गठन गरेको भन्ने टिप्पणीहरू सार्वजनिक भएका छन् । यस अघि खब्बा गुरिल्लाहरूले ‘मुस्ताङ काण्ड’ मच्चाएको कुरा सर्वविदितै छ । ‘खम्बा काण्ड’ पछि देखिनै दलाई लामा समूहका चीन विरोधीहरूले तिब्बती युथ कंग्रेसको नाममा नेपालको हिमाली क्षेत्रका युवाहरूलाई ‘तिब्बेतेन युथ’ कंग्रेसको नाममा (नेपाली बौद्ध समुदायहरूलाई) सदस्यता बा“ड्ने काम गर्दै आएका छन् । त्यो अभियान नेपालको उत्तरी दुर्गम जिल्लाहरूमा केन्द्रित थियो । ती युवाहरूलाई ‘अमेरिका पु¥याई दिने आश्वासन’ बाँड्ने गरेका छन् । त्यसक्रममा हिमाली जिल्लाका थुप्रै युवा पिंढीहरू ‘तिब्बती युथ कंग्रेस’को सदस्यता ग्रहण गर्न पुगेको सुरक्षा स्रोत बताउछ ।
त्यो प्राय गुपचुपको अथवा भूमिगत संगठनको रुपमा विस्तार गर्दै सक्रिय रहेको बुझिएको छ । नेपालमा बहुदल घोषणा पश्चात खुकुलो राजनैतिक वातावरणको सिर्जना भयो । त्यही समयदेखि दलाई लामालाई नेपालमा आउन दिनुपर्छ भन्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई निवेदन पनि लेखेर दवाव दिएका थिए । निवेदक साम्तेन शेर्पा तिब्बती ‘युथ कंग्रेस’ का सदस्य रहेको बुझिएको थियो । उनले आपूm नेपाली कांग्रेसका दोलखा जिल्लाका सदस्य रहेको आडमा नेपाली कांगे्रसका नेता भीमबहादुर तामाङलाई अघि सारेर दलाई लामालाई नेपाल भ्रमण गराउने चाँजोपाँजो मिलाउने प्रयास गरिएको थियो । तर, तत्कालीन चिनिया राजदूतले दलाई लामाको नेपाल भ्रमण ‘धार्मिक’ नभई राजनैतिक भएको ठहर गर्दै आफ्नो अस्तुष्टि व्यक्त गरेपछि दलाई लामाको नेपाल भ्रमण स्थगन हुन गएको थियो ।
दलाई लामाका मिशनले हिमाली क्षेत्रका जातजातिहरूलाई बौद्ध धर्मको नाममा प्रयोग गर्न थालेको नौलो कुरा होइन । फेरि अहिले त्यो नीतिले व्यापकता लिन थालेको स्रोतको दावी छ । त्यो चीनलाई घेर्ने र नेपाल–चीनमैत्री सम्बन्धलाई भंडखालोमा पार्ने योजनाभित्रको अर्काे षडयन्त्रको रचिएको खबर आएको छ ।
नेपाली बौद्धमार्गीहरूलाई पैसाको खोलो बगाएर चीन विरोधी बनाउने कार्ययोजना बेजोडस“ग चलाउन थालिएको खबर छ । त्यसका लागि करोडौं डलर खर्च गरिरहेको स्रोतको दावी छ ।
नेपालको नेपाल–चीन सीमानाका जिल्लाहरूमा अनेक गैर–सरकारी संस्थाको नाममा शंकास्पद गतिविधिमा एनजीओहरू सक्रिय रहेका छन् । तिनको वास्तविक कार्ययोजनाहरू विकास निर्माण नभएर चीन विरोधी भावनाको बिजारोपण गर्न केन्द्रित रहेको मानिएको छ । अहिले त्यो अभियान मध्यपहाडी क्षेत्रहरूमा समेत सक्रिय हुन थालेको खबर छ । त्यसको नेतृत्व दलाई लामाका मिशनरी बौद्ध पाठशालामा दीक्षित कथित ‘आचार्य’ वा ‘अवतारी’हरूले गर्दै आएको स्रोतले बताएको छ । उनीहरूले मध्यपहाडका बौद्ध समुदाय रहेका शेर्पा, तामाङ, गुरुङ र मगर जातिको समुदाय रहेका बस्तीहरूमा आफ्नो धार्मिक मिशनरी सञ्चालन गर्दै आएका छन् । वास्तवमा त्यो मिशनरी अभियान चीन विरोधी भावनाको विजारोपण ‘बौद्धधर्म’को नाममा गर्दै आएको स्रोत बताउछ ।
नेपालको सन्दर्भमा नेपाली बौद्ध समुदायहरूमा नेवारी(शाक्य) हरूको एक प्रकारको समुदाय रहेका छन् भने अर्काे हिमालयको पुरातन(जिङमा) सम्प्रदायको र अर्काे काग्युदपा सम्प्रदाय मात्र रहेका छन् । तर दलाई लामाको ‘गेलुक्पा’ भनिने सम्प्रदाय परम्परा देखिनै रहेको छैन । मुस्ताङमा भने शाक्य सम्प्रदायको गुम्बाहरू रहेका छन् । जो मुस्ताङी ‘भोटे’ राजाले मानेका सम्प्रदाय हुन् । गोरखा एकीकरणको सशस्त्र अभियानमा मुस्ताङी राजाले गोर्खासंग आत्मसमर्पण गरेका थिए ।
भारतको हिमाञ्चल प्रदेशमा मुख्यालय स्थापना गरी बसेका १४ औं दलाई लामाले आफ्ना विदेशी समर्थकको भर–आडमा नेपालभित्र धार्मिक हस्तक्षेप गर्दै ल्याएको ठहर नेपाली बुद्धिष्ठहरूको रहेको छ । त्यसको कार्यन्वयनका लागि उनका मिशनरी बौद्ध पाठशालामा अध्ययन गरेका ज्यामया¨, टुल्कु, लोपसा¨ दावा, लोपसा¨ नामगेल र लोपसा¨ ग्याल्छेन जस्ता कथित आचार्यहरूलाई सक्रिय पार्दै ल्याएका छन् ।
तिनीहरूले नेपाल सरदभित्र अनेक नामधारी बौद्ध संगठनहरू गठन गरी सरकारी निकायमा दर्ता गर्ने गरेको र त्यसमार्फत आफ्नो चीन विरोधी कार्यक्रमहरू अगाडि बढाउँदै लगेको कुरा खुलासा हुँदै आएको छ । तिनीहरूले नेपालको अनेक बौद्ध तथा हिन्दू तिर्थस्थलहरू आफ्नो कब्जामा पार्ने योजनाहरू पनि लागू गर्न थालेको थाहा हुन आएका छ्न् । ती सबै बौद्ध धर्मको क्रममा हुने गरेको पाइन्छ ।
नेपाली बौद्धहरूलाई तिब्बतीकरण गर्दै लैजाने र तिनलाई चीन विरोधी भावना विकास गरी चीनको विरोधमा प्रयोग गर्ने वातावरण तयार पार्ने यो प्राथमिक चरणको योजना लागू गरेको मानिएको छ । त्यसको साथ साथै चीनको तिब्बत स्वशासित क्षेत्रहरूभित्र तथाकथित ‘फ्री–तिब्बत’ का लागि लड्ने भाडाका सिपाही खटाउने गुरुयोजनाको पर्दाफास भएको तथ्य यस अघि नै नेपाल सरकार र तिनको सुरक्षा निकायहरूसंग ‘फ्री–तिब्बते अभियन्ताहरूमाथि ‘निगरानी’ राख्न चीन सरकारले औपचारिक अनुरोध गरेकै बेला खुलासा भएको हो ।
मधेश आन्दोलनको क्रममा चिनिया“ राष्ट्रिय झण्डा जलाउने गर्नु र जातीय पृथकतावादको विचार बेजोडले बौद्धिक क्षेत्रको कलमबाटै सम्प्रेषण हुनुलाई राम्रो लक्षणको रुपमा यस अघि नै लिएको होइन । जसलाई ‘विदेशी चलखेल’ भन्ने गरिएको छ । त्यो ‘अराष्ट्रिय तत्व’ भनिनेहरूको उपद्रो हो । यस्ता तत्वले मधेश प्रदेशलाई भारतमा विलय गर्ने वा ‘स्वतन्त्र मधेश’ घोषणा गर्ने धम्की नदिएको पनि होइनन् । तर, वामपन्थी नेता रामचन्द्र झाका अनुसार नेपाल सदरभित्र अस्तित्वमा नै नभएको ‘मधेश आन्दोलन’ तराईबासीको विरुद्धमा भएको मान्दै मौर्य सम्राट चन्द्र गुप्ताको पालामा भारतको राज्य संरचना मध्यकेन्द्र(मध्य देश) अनि पूर्वपाद बंगाल, दक्षिणपाद(दक्षिण भारत), उत्तरपाद(काश्मिर), पश्चिम पाद आदि‘जनपद’हरू चार दिशामा विभाजित रहेकोलाई आधारमानी मधेशी नेताहरूले तराईलाई पनि मध्ये देश(मधेश) भन्दै झुटा राजनैतिक खेती हुँदै आएको छ । अहिले मिथिला प्रदेश वा मिथिलाञ्चलको कुरा पनि उठाउने गरेका छन् ।
बौद्ध धर्म तन्त्रग्रन्थहरू अनुसार(जो आठौं शताब्दीमा तिब्बती भाषामा अनुवाद भएका हुन) मिथिलालाई एउटा नगरको रुपमा मात्र लिइएको छ । कुनै ‘प्रदेश’ वा अञ्चल’ होइन । बरु नेपाल, काश्मिर, भोट र महा चीनलाई देश भनेका छन् । नेपालले महाचीनलाई ‘बडा चीन’ भन्ने नामले सम्बोधन गरेको पाइन्छ ।
वास्तवमा मधेश आन्दोलन र जनजाति आन्दोलनलाई चीन विरोधी अभियानमा अनुवाद गर्ने पक्ष सक्रिय रहेको तथ्यलाई वर्तमान वाम गठबन्धन सरकारले स्वीकार्नुपर्छ । ‘समाजवाद–उन्मुख’ भनि संविधानमै तोकिएको वर्तमान ‘राज्यव्यवस्था’ले ‘चीनको विरोध’ गर्ने बहानामा नेपाल(एकीकृत)विरुद्ध चालेको कदमलाई कुल्चिनै पर्छ भन्ने राय पर्यवेक्षकहरुको रहेको छ ।
(२०७५ बैशाख २४ गतेको साँघु साप्ताहिकबाट)
–––



