🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ब्रह्मास्त्रबाट रणवीरले लिएनन् पारिश्रमिक

मुम्बई, ७ असोज : अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ ।

फिल्मको बजेटका विषयमा पनि उत्तिकै चर्चा छ । हालैमात्र फिल्मका निर्देशक अयान मुखर्जीले फिल्मको बजेट र रणवीरको पारिश्रमिकको बारेमा खुलेर कुरा गरेका छन् । अयानका अनुसार रणवीरले फिल्मका लािग कुनै पारिश्रमिक लिएका छैनन् ।

‘यो फिल्म हाम्रो त्याग र बलिदानका कारण बनेको हो । त्यसकारण यो सत्य हो कि रणवीरको मूल्य एक स्टार र एक अभिनेताका रुपमा फिल्ममा छैन । उनले फिल्म निर्माणका लागि केही पनि लिएनन् । मलाई लाग्छ, उसको त्याग बिना यो फिल्म बन्न सम्भव थिएन । मलाई थाहा छैन अन्य कलाकारले यसो गर्छन् या गर्दैनन्’,उनले भनेका छन् ।

फिल्मले १४ औं दिनमा ३ दशमलब १० करोड कलेक्सन गरेको छ । यो सँगै भारतमा यसले २ सय ३० दशमलब ४० करोडको कलेक्स्न गरिसकेको छ । शुक्रबार परेको नेसनल सिनेमा डेका कारण फिल्मको कलेक्सनमा अझ बढावा हुने निर्माण पक्षको दाबी छ ।

एजेन्सी